नेकपा नेता संघीय समाजवादी फोरममा प्रवेश

माघ २३ बुधवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्वगाविस अध्यक्ष अञ्चलकुमार राई संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । नेकपामा क्रियासिल राई बुधबार संघीय समाजबादी फोरममा प्रवेश गरेका हुन् ।

संघीय समाजवादी फोरमको दिक्तेलस्थित पार्टी कार्यालयमा भएको जिल्ला कमिटिको बैठकमा स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा.कृष्णकुमार राईले अञ्चललाई पार्टी प्रवेश गराएका छन् ।

२०४९ सालमा तत्कालिन एमालेबाट गाविस अध्यक्ष बनेका राई, पूर्वमाओवादी निकट जनप्रगतिशिल मञ्च बहराईनका पूर्वसंयोजक नगेन्द्रराज चाम्लिङ सहित तीन जना पार्टी प्रवेश गरेको संघीय समाजवादी फोरम खोटाङका उपाध्यक्ष टंक थापाले बताए ।