लिङचुङबुङ गाउँपालिकाबाट काठ्माण्डौं पुग्ने छोटो दुरीको यातायात सेवा सुरु
माघ २५ शुक्रवार, २०७५
खोटाङ । उदयपुरको लिङचुङबुङ गाउँपालिकाबाट खोटाङ हुँदै काठ्माण्डौं पुग्ने सबैभन्दा छोटो दुरीको यातायात सेवा सुरु भएको छ । लिङचुङबुङ गाउँपालिका–१ बाँसबोटेबाट सुनकोसी तरेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बतासेघाटस्थित ख्रोप्पा बसपार्कबाट माध्यपहाडी लोकमार्ग हुँदै काठ्माण्डौं पुग्ने पुग्ने छोटो दुरीको यातायात सेवा सुरु गरिएको हो ।
दुर्छिमको बतासेघाटस्थित ‘होलेसुङ–जनकराज राई मार्ग’ ख्रोप्पा बसपार्कमा शुक्रबार आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र लिङचुङबुङ गाउँपालिकाका प्रमुख मेजर राईले बतासेघाट–काठ्माण्डौं यातायात सेवा संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
२०७२ साल जेठ ९ गते स्थानीयको पहलमा दुर्छिमको दलश्वरचोकदेखि बतासेघाट जोड्ने ‘होलेसुङ–जनकराज राई मार्ग’ पूरा भएपछि उदयपुरको लिङचुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताम्ली गाउँपालिकाका केही स्थानका सर्वसाधारणलाई लक्षित गर्दै हलेसी मारातिका यातायात प्रालिले बतासेघाटबाट काठ्माण्डौंका लागि जीप सेवा सुरु गरेको हो ।
बिशेषगरी लिङचुङबुङ गाउँपालिकाको बाँसबोटे, ताम्लीछा, बाराहा, बलम्ता र जाँतेका स्थानीयलाई लक्षित गरी सुरु गरिएको बतासेघाट–काठ्माण्डौं यातायातले उदयपुरकै रौतामाई गाउँपालिकाको लाफागाउँ, नामेटार र ताम्ली गाउँपालिकाको ठानागाउँ र इनामेका स्थानीय समेत लाभान्वित भएका छन् । गाईघाट वा कटारी पुगेर काठ्माण्डौं आवत–जावत गर्दै आएका लिङचुङबुङ, रौतामाई र ताम्ली गाउँपालिकाका सर्वसाधारणका लागि बतासेघाट–काठ्माण्डौं सडक तीन घण्टा छिटो हुने लिङचुङबुङ गाउँपालिकाका प्रमुख राईले बताए ।
‘कटारी वा गाईघाट पुगेर काठ्माण्डौं पुग्ने यस क्षेत्रका जनताका लागि यो बतासेघाट–काठ्माण्डौं सडक सबैभन्दा छोटो मार्ग हो,’ गाउँपालिका प्रमुख राईले भने, ‘वतासेघाटबाट काठ्माण्डौं जाँदा आउँदा दुरीका हिसावले तीन घण्टासम्म छिटो हुन्छ ।’
बतासेघाटबाट १३.२७ किलोमिटर लम्वाई भएको ‘होलेसुङ–जनकराज राई मार्ग’ पार गरेपछि दुर्छिमको दलश्वरचोकबाट मध्यपहाडी लोकमार्ग हुँदै काठ्माण्डौं ओहोर–दोहोर गर्न सकिन्छ । बतासेघाट–काठ्माण्डौं यातायात सेवाले दुर्छिमको रातमाटे, चुमाखु, सालतेम्मा लगायतका स्थानीय समेत लाभान्वित भएका छन् । वतासेघाटबाट दैनिक जीप छुट्ने व्यवस्था मिलाइएको यातायात प्रालिले जनाएको छ । ३७८ दाताको आर्थिक सहयोगमा करिव ६१ लाख ९० हजारमा पूरा गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’ निर्माण भएपछि बतासेघाटबाट सिधै काठ्माण्डौं पुग्ने बाटो खुलेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राईले बताए ।
लिङचुङबुङ गाउँपालिका–१ बाँसबोटे र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बतासेघाटस्थित सुनकोसीमा पक्की पुल निर्माणको प्रकृया पनि अघि बढिसकेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



