डा.छोरी
नवराज “गाउँले”
हेर छोरी
पिडालाई काधमा हालेर,
आसुलाई सिरानी बनाएर
चाहनालाई बिनासित्ती
डुलृुवा बनाएर
एक मुठी गाँस
एक रात बाँस र
एक फेरो कपासको निम्ती
खुब विन्ती हजुरी गर्दै
चाकरी र चाप्लुसीको
खेती रित्तिएको छैन यहाँ
बरु, उल्टै मलजल गरिदैछ,
थुप्रै राजा महाराजाहरुको ।
त्यसैले छोरी,
निराशाको भारी बोकेर
पश्चातापको भूमरीमा
प्राणलाई बाजी राखी
सपनाहरुलाई निमोठेर
डगमगाएका चाहनाहरुलाई
विभत्स रुपमा हत्याको प्रयास गरिन्छ यहाँ
अधिकारका लागि आवाज उठाउँदा
हुनेको पद खोसिन्छ,
नहुनेको जिब्रो काटिन्छ ।
यहाँ त छोरी,
झुपडीमा सपना सजाउँनेहरुले
न त डाक्टर, न त पाईलटको
सर्टिफिकेट नै पाएका छन
न त योग्यताको कदर नै छ
यहाँ त केवल
पैसा, पावर र चाकरी ।
त्यसैले छोरी,
जिवनलाई सार्थक तुल्याउन
अनैकौ जिम्मेवारी पुरा गर्न
नौलो संसारको श्रृजना गर्न
निरन्तर ठगिएका चाहनाहरुलाई
सिङो बस्तीमा निर्माण गर्न
तिमी सामथ्र्य हुनुपर्छ
अनि मात्र मेरो÷तिम्रो
आदम्य साहसको कदर हुन्छ,
त्यसैले छोरी,
तिमी मेरी मात्र नभएर
यो देश नेपालकी
एक मात्र असल
डा. छोरी बनेर आउनु पर्छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



