खोटाङमा जारी हलेसी साईनो स्टारको टप १६ छानिए
माघ २६ शनिवार, २०७५
खोटाङ । खोटाङमा जारी हलेसी साईनो स्टार–२०७५ का उत्कृष्ट १६ प्रतियोगी छानिएका छन् । शनिबार दिक्तेलमा भएको पाँचौ राउण्डबाट गायनका उत्कृष्ट १६ प्रतियोगी छानिएको आयोजक साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । पाँचौ अडिसनमा पुगेका २० प्रतियोगीबीचमा प्रतिष्पर्धा गराउनेक्रममा १६ जनाले छैठौ राउण्डको यात्रा तय गरेका हुन् ।
छनौट हुनेहरुमा सोलुका बालकृष्ण राई, रावाबेशी गाउँपालिकाका स्काइ भरत मगर, महादेवस्थानका क्यूमिला राई, विनोद राई, नुनथलाका युवराज राई, खार्मीकी बिना राई, प्रदिप राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका संग्राम राई, ओखलढुंगाका पर्शुराम गजमेर, बुईपाकी प्रणिसा विक, बराहपोखरीका सोम मगर, रोजिना राई, इन्द्रेणीपोखरीकी एनिस एन्जल राई, बाहुनीडाँडाकी करिस्मा राई, विजयखर्कका पुस्कल राई र चिसापानीका दिनेश राई रहेका छन् । निर्णायक मण्डलमा गायक रेवत राई र गायिका राधा राई रहेका थिए ।
स्टारको छैठौं राउण्ड आगामी फागुन ४ गते शनिवार दिक्तेलमा सञ्चालन हुनेछ । पाँचौें राउण्डबाट सुरु भएको भोटिङ सिस्टम निरन्तर रहने आयोजकले जनाएको छ । भोटिङको ४० र निर्णायकको ६० अंककोे आधारमा नतिजा घोषणा गरिनेछ । जिल्लाका १० वटै स्थानीय तहका ११ स्थानमा सञ्चालन गरिएको पालिका स्तरिय अडिसनबाट छानिएका ११८ प्रतियोगीमध्ये १६ जना बाँकी रहेका हुन् ।
गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र संवद्र्धन गर्दै गीत संगीतको व्यवसायीक बिकासका लागि साईनो कला केन्द्र र हलेसी टाइम्स दैनिकको सहकार्यमा गत पुस ९ गतेदेखि २८ गतेसम्म पालिका स्तरिय प्रथम अडिसन सञ्चालन गरिएको थियो । पालिका स्तरिय अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ८ चरणमा सञ्चालन हुने जिल्ला स्तरिय अडिसनमा प्रतिष्पर्धा गराएर उत्कृष्ट दशमा पुगेका प्रतियोगीबाटै फाईनल अडिसन सञ्चालन गरेर विजेता छनौट गरिने अध्यक्ष श्रेष्ठले जनाए ।
गायन प्रतियोगीता हलेसी साईनो स्टारमा प्रथम हुने स्वरका प्रतिभाले नगद ५५ हजार ५५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरका साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् दोश्रो हुने प्रतिभालाई नगद ३० हजारका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरका साथमा प्रमाणपत्र र ट्रफी तथा तेश्रो हुने प्रतिभालाई नगद १५ हजार ५५५ रुपैयाँकासाथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवशरकासाथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगिताको पहिलो पुरस्कार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दोश्रो शरद ज्वेलरी र तेश्रो पुरस्कार गायक पशुपति पोखरेलले प्रायोजन गरेका छन् भने गायक तथा संगीतकार डि आर अटुले प्रतियोगितका प्रथम, गायक रेवत राइले दोश्रो र गायक नविन रहपालले प्रतियोगितमा तेश्रो हुनेको निःशुल्क गीत रेर्कड गराईदिने आयोजकले जनाएको छ ।
‘अझै पनि कुना कन्दरामा लोभलाग्दा प्रतिभाहरु ओझेलमै छन,’ अध्यक्ष श्रेष्ठले भने, ‘अवशर खोजीरहेका तिनै प्रतिभालाई पहिचान गरेर व्यवसायिक रुपमा गीत संगीतमा लाग्ने वाताबरण निर्माणका लागि हलेसी साईनो स्टारको परिकल्पना गरिएको हो ।’ जिल्ला स्तरीय पाँचौ राउण्ड दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालको प्रमुख आतिथ्यतामा भएको थियो ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



