प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

माघ २८ सोमवार, २०७५
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले आफूसंग रहेको हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासनले जिल्लाको शान्ति सुरक्षालाई मध्ये नजर गर्दै सार्वजनिक सूचना जारी गरि प्रशासनले अनुमती लिएको, नलिएको र नविकरण गरेको वा नगरेको हातहतियार तथा खरखजना आफूलाई पायक पर्ने प्रहरी कार्यालयमा लगेर बुझाउन आग्रह गरको छ ।
प्रशासनले जिल्ला प्रहरी कार्यालय, जिल्लाका प्रहरी युनिट तथा प्रशासनमा आएर स्वयंले हतियार बुझाउनका लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले जानकारी दिए ।

व्यक्तिसंग रहेको हातहतियार जोखिम पूर्ण हुने र त्यसले सिंगो व्यक्ति, समाज, परिवार र जिल्लाकै शान्ति सुरक्षामा प्रतिकुल असर पार्ने र कानूनी कठिनाई आई पर्ने भन्दै प्रशासनले प्रहरी समक्ष बुझाउन आग्रह गरेको हो ।