थामखर्क विमानस्थलमा आजबाट उडान शुरु हुने
माघ २८ सोमवार, २०७५
खोटाङ ।दुई वर्षभन्दा बढि समय लगाएर खोटाङको थामखर्क विमानस्थल कालोपत्रेको काम पूरा भएपछि उडान शुरु हुने भएको छ । १५ महिनाभित्र पूरा गर्ने गरी २०७३ साल असोज २० गते सम्झौता गरिएको खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थल कालोपत्रेको काम सम्पन्न भएपछि सोमवार (आज) उडान हुने भएको हो । २०७३ साल कात्तिक २० गते काम सुरु गर्नुपर्ने निर्माण कम्पनी रौता कन्ट्रक्सनले पुस १ गतेवाट काम सुरु गरेको थियो । कालोपत्रेको विभिन्न चरणको काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्यान प्राधिकरणका ईन्जिनियर रत्न श्रेष्ठले बताए ।
सुरुको सम्झौता अनुसार १५ महिना अर्थात २०७४ साल पुसमा पूरा गर्नुपर्ने विमानस्थलको काम एकपल्ट ६ महिना र अर्कोपल्ट ७ महिना म्याद थप गरेर २८ महिनामा पूरा गरिएको हो । विमानस्थलको रनवे, जहाज पार्किङस्थल लगायतका पक्की संरचना, रंगरोगन लगायतका काम भएपछि विमानस्थलको स्वरुप नै वदलिएको छ । कालोपत्रेको कामका कारण २८ महिनादेखि ठप्प विमानस्थल कालोपत्रे भएपछि उडान सुचारु हुने खबरले स्थानीय उत्साहित बनेका छन् । खोटाङकै लामीडाँडा विमानस्थल र डोटीको विमानस्थलसँगै ठेक्का लागेको थामखर्क विमानस्थल दुर्गम भएपनि तुलनात्मक रुपमा काम छिटो भएको ईन्जिनियर श्रेष्ठले बताए । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र भोजपुरका केही वडाका सर्वसाधारणले उपयोग गर्ने थामखर्क बिमानस्थल कालोपत्रेको काम रौता कन्ट्रक्सनले भ्याटसहित १० करोड ६० लाख ७१ हजारमा पूरा गरेको हो । विमानस्थलको बाँकी रहेको छेउछाउका जमिन रोलिङ गर्ने काम पनि केही दिनमै पूरा हुने श्रेष्ठले जनाए । चुनाव, वर्षा तथा दुर्गम भएकाले कालोपत्रेका काम सम्झौता मितिमा पूरा हुन नसकेको निर्माण कम्पनीको दावी छ । दक्षिणी क्षेत्रका सर्वसाधरणलाई लक्ष्यीत गरेर निर्माण गरेसँगै २०५६ सालबाट उडान सुरु गरिएको विमानस्थल कालोपत्रे नहुँदा वर्षा याम लागेसँगै अवरुद्ध हुने गरेको थियो । सडक यातायातको भरपर्दो सुविधा नपुगेको त्यसक्षेत्रमा थामखर्क विमानस्थल एक मात्र यातायातको विकल्पका रुपमा रहेको छ । बाह्रै महिना उडान नहुने भएका कारण त्यस क्षेत्रका सर्वसाधरणले विरामी भएको समयमा अकालमा धेरैले ज्यान गुमाउनुपर्ने बाध्यतामा कमी आउने अपेक्षा गरिएको छ । २०७२ सालमा डिटेल सर्भे गरिएको थामखर्कमा उडान नहुँदा त्यसक्षेत्रका सर्वसाधारण दुई दिनको पैदल यात्रा गरेर सदरमुकाम दिक्तेल नजिक रहेको खानीडाँडा विमानस्थल प्रयोग गर्न बाध्य छन् ।
सम्झौता अनुसार विमानस्थल कालोपेत्रका काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । ढिलासुस्ती गरेकामा थामखर्क बिमानस्थल कालोपेत्रको काम गरिरहेको रौता कन्ट्रक्सनको नाम जिल्ला प्रशासन कार्यालयबाट गृहमन्त्रालय समक्ष सिफारिस नै भएको थियो । विमानस्थल कालोपत्रेका काम सुस्त भएपछि २०७४ साल माघ ८ गते प्रतिनिधि सभा सदस्य भट्टराईको पहलमा प्राधिकरणको कार्यालयमा ठेकेदारकै उपस्थितिमा कार्यतालिका बनाइएको थियो ।
जिल्लामा थामखर्क सहित खानीडाँडा र लामीडाँडा विमानस्थल छन् । लामीडाँडा विमानस्थल पनि कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



