खोटाङको थामखर्क विमानस्थल उद्घाटन
माघ २८ सोमवार, २०७५
खोटाङ । दुई वर्षभन्दा बढि समय लगाएर कालोपत्रेको काम पूरा भएपछि खोटाङको थामखर्क विमानस्थल उद्घाटन गरिएको छ । कालोपत्रेको विभिन्न चरणको काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारीले रिवन काटेर उद्घाटन गरेका हुन ।
खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित विमानस्थल उद्घाटनका लागि प्रतिनिधि सभा सदस्य विशाल भट्टराई, हिरा गुरुङ, प्रदेश सभा सदस्य रामकुमार राई, नेपाल एयरलाईन्सका कार्यकारी अध्यक्ष मदन खरेल, नेपाल नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्चिव गौतम लगायतको टोली थामखर्क पुगेका थिए । फ्लाईटबाट थामखर्क ओर्लएका मन्त्री अधिकारीले बिहान ११.५० बजे विमानस्थल उद्घाटन गरेका हुन । कालोपत्रेको कामका कारण २८ महिनादेखि ठप्प विमानस्थल कालोपत्रे भएपछि उडान शुरु भएपछि स्थानीय उत्साहित बनेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र भोजपुरका केही वडाका सर्वसाधारणले उपयोग गर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम रौता कन्ट्रक्सनले भ्याटसहित १० करोड ६० लाख ७१ हजारमा पूरा गरेको हो । निर्माण कम्पनी रौता कन्ट्रक्सनले १५ महिनाभित्र पूरा गर्ने गरी २०७३ साल असोज २० गते सम्झौता गरेको थामखर्क विमानस्थल कालोपत्रेको काम २८ महिनामा पूरा भएको नेपाल नागरिक उड्यान प्राधिकरणका ईन्जिनियर रत्न श्रेष्ठले बताए ।
सडक यातायातको भरपर्दो सुविधा नपुगेको त्यसक्षेत्रमा थामखर्क विमानस्थल एक मात्र यातायातको विकल्पका रुपमा रहेको छ । बाह्रै महिना उडान नहुने भएका कारण त्यस क्षेत्रका सर्वसाधरणले विरामी भएको समयमा अकालमा धेरैले ज्यान गुमाउनुपर्ने बाध्यतामा कमी आउने अपेक्षा गरिएको छ । २०७२ सालमा डिटेल सर्भे गरिएको थामखर्कमा उडान नहुँदा त्यसक्षेत्रका सर्वसाधारण दुई दिनको पैदल यात्रा गरेर सदरमुकाम दिक्तेल नजिक रहेको खानीडाँडा विमानस्थल प्रयोग गर्न बाध्य थिए ।
सम्झौता अनुसार विमानस्थल कालोपेत्रका काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । ढिलासुस्ती गरेकामा थामखर्क बिमानस्थल कालोपेत्रको काम गरिरहेको रौता कन्ट्रक्सनको नाम जिल्ला प्रशासन कार्यालयबाट गृहमन्त्रालय समक्ष सिफारिस नै भएको थियो । जिल्लामा थामखर्क सहित खानीडाँडा र लामीडाँडा विमानस्थल छन् । लामीडाँडा विमानस्थल पनि कालोपत्रेको अन्तिम चरणमा पुगेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



