लिकुवापोखरी–रानीटार सडकमा बस सेवा
माघ २८ सोमवार, २०७५
खोटाङ । खोटाङको लिकुवापोखरीबाट उदयपुरको रानीटार सडकमा बस सेवा सुरु गरिएको छ । हालसम्म बोलेरो जीप सञ्चालन हुँदै आएको सडकमा सोमवारदेखि बस सेवा सुरु गरिएको हो । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीबाट भोजपुरको बालंखा हुँदै उदयपुरको चौदण्डीगढीस्थित रानीटार पुग्ने बस सेवा सुरु गरिएको स्थानीय युवा दिपेश खड्काले बताए ।
२०६८ सालमै निर्माण गरिएको ६३ किलोमिटर सडकमा सुरु गरिएको बस सेवा वडाध्यक्ष खड्गबहादुर कार्कीले उद्घाटन गरेका छन् । गाउँबाटै बस चढेर उदयपुरको रानीटार हुँदै पूर्वी शहर पुग्ने बाटो खुलेपछि स्थानीय हर्षित भएका छन् । पैदल एक दिनमा पार हुने बाटो यातायात सेवाका कारण तीन घण्टामै पार हुने वातावरण बनेको खड्काले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



