खानेपानी आयोजनाको वित्तीय सम्झौता
खोटाङ टुडे
२९ साउन,
खोटाङको दिक्तेल बजारमा प्रशोधित एबं शुद्ध पानी वितरणका लागि सञ्चालन गर्न लागिएको करोडौंको खानेपानी आयोजनाको वित्तीय सम्झौता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजार र बाम्राङमा स्वच्छ, सफा र गुणस्तरिय खानेपानी विस्तार गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको दिक्तेल साना शहरी खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयन गर्नका लागि खानेपानी तथा सरसफाई मन्त्रालय खानेपानी तथा ढल निकास विभाग सहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालयका आयोजना निर्देशक रामचन्द्र साह, नगर बिकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्त, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र दिक्तेल खानेपानी उपभोक्ता सरसफाई समितिका उपाध्यक्ष धनकुमार जोशीबीच वित्तीय सम्झौता भएको हो ।
नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र उपभोक्ता समितिबाट संकलन हुने ५ प्रतिशत लगानी गरी कुल ३२ करोडको लागतमा आगामी १८ महिनाभित्र खानेपानी आयोजनाको काम पूरा गर्नेगरी आईतबार काठ्माण्डौंमा चार पक्षीय सम्झौता भएको नगरप्रममुख रिजालले बताए । ‘१८ महिनाभित्र दिक्तेल साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको काम पूरा गर्नेगरी सम्झौता गरिएको छ,’ नगरप्रममुख रिजालले भने, ‘यो नगरपालिकाको सबैभन्दा ठूलो र गौरवको आयोजना हो । यसका लागि एसियाली विकास बैंकले नेपाल सरकारमार्फत ठूलो रकम लगानी गर्ने छ ।’ शहरीकरणका कारण दिक्तेलमा बढ्दो खानेपानीको अभाव हल गर्नका लागि दिक्तेलमा साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजनालाई अघि सारिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका स्थानीयलाई प्रशोधिन प्रणालीमार्फत प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरिय खानेपानी उपलव्ध गराउने लक्ष्यकासाथ रम्बाखोला–माझखोला मुहान भएको खानेपानी आयोजनालाई दिक्तेल साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको रुपमा अघि बढाइएको हो । तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तरगतको साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले नगरभित्रका १ हजार ५९ घरधुरी लाभान्बित हुने नगरप्रममुख रिजालले बताए । आयोजनाका लागि उपभोक्ताले ५ प्रतिशत बराबरको १ करोड ५६ लाख रकम संकलन गरिसकेको छ ।
प्रशोधन प्रणालीमार्फत प्रशोधित पानी माथिल्लो पोखरी क्षेत्रमा निर्माण गरिने १५० घरमिटर, बेसक्याम्पमा निर्माण गरिने १७५ घरमिटर र हाटडाँडामा निर्माण गरिने ५० घरमिटरको ट्यांकीमार्फत बस्तीमा पानी वितरण गर्ने तयारी गरिएको छ । जनसंख्या बृद्धिका कारण एक÷दुई दशकपछि दिक्तेलमा पानीको समस्या निम्तिने खतरा भएकाले आयोजनालाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।
दिक्तेलबजारमा लामो समयदेखि उपयोग हुँदै आएको रम्बा खोला र माझ खोलाकै ट्रान्समिसन प्रणालीलाई उपयोग गरेर शुद्ध एबं मापदण्ड अनुसारको पानी विस्तार गर्ने लक्ष्यकासाथ आयोजनाको काम अघि बढाइएको हो । आयोजनाबाट दैनिक प्रतिव्यक्ती ७५ लिटर पानी उपलव्ध गराउने लक्ष्य राखिएको रम्वा खोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष नवराज जोशीले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



