पम्पिङ खानेपानी आयोजनाको काम गुणस्तरहिन
माघ २९ मंगलवार, २०७५
दिलीप खत्री / खोटाङ । खोटाङमा दुधकोसीको पानी गाउँमा निकाल्ने प्रयास स्वरुप सुरु गरिएको बृहत पम्पिङ खानेपानी आयोजनाको काम गुणस्तरहिन भएको पाइएको छ । सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाका ७ वडाको खानेपानीको विकराल समस्या हल गर्नका लागि सुरु गरिएको करोडौंको आयोजनाको वितरण लाईनतर्फको काम गुणस्तरहिन भएको पाइएको हो । नगरप्रमुख इवन राई नेतृत्वको टोलीले माघ २४ गते गरेको अनुगमनकाक्रममा वितरणलाईन अन्तरगत हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा निर्माणाधिन ७० हजार लिटर क्षमताको आरभिटी ट्यांकीको जग निर्माण लगायतका काममा त्रुटि पाइएको हो ।
वितरणलाईनको काम गुणस्तरहिन भएको पाइएपछि नगरप्रमुख राईले गुणस्तर कायम गर्न ठेकेदार कम्पनी लामा कन्ट्रक्सलाई निर्देशन दिएका छन् । च्यास्मीटारमा निर्माणाधिन ट्यांकीको जगमा हालिएको सोलिङ पातलो गरिएको, ढुंगा नमिलाई सोलिङमा राखिएको, गिटीमा माटो मिसिएको पाइएको नगरप्रमुख राईले बताए । ‘१५ सेन्टिमिटर बाक्लो सोलिङ गर्नुपर्ने मापदण्ड पूरा नगरेको पाईयो, सोलिङ गरेको ढुंगा पनि थुपारेकोजस्तो देखियो,’ नगरप्रमुख राईले भने, ‘त्यो सोलिङ निकालेर पुःन सच्याएर अर्को सोलिङ गर्न भनेको छु ।’ नगरप्रमुख राईले ट्यांकीको जगको सोलिङ र पुरेको पाईप खोतलेर मिटर टेपले नापेका थिए । दुधकोसीको पानीलाई डिकुवाको भुम्जुडाँडामा निकालेर टोल–टोलमा वितरणका लागि च्यास्मीटारमा निर्माण सुरु गरिएको ट्यांकी मंसिर २५ गते स्वयं नगरप्रमुख राईले शिलान्यास गरेका थिए ।
अनुगमनकाक्रममा नगरपालिकाले नदीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्का लिएको मूख्य ठेकेदार कम्पनी दिवा महादेव–खिम्ती जेभी, वितरणलाईनतर्फको काम गरिरहेको लामा कन्ट्रक्स र रमन–सगरमाथा जेभीलाई भौतिक र आर्थिक प्रगती विवरणका साथमा वर्क सेड्यूल बुझाउन निर्देशन दिएको छ । दुधकोसीको पानीलाई भुम्जुडाँडा र काभ्रेडाँडामा निकालेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्यकासाथ बृहत पम्पिङ खानेपानी आयोजनाको काम अघि बढाइएको हो । करिब ९२ करोडको लागतमा सुक्खाग्रस्त घोषित वडामा दुधकोसीबाट दैनिक ६ लाख लिटर पानी लिफ्ट गर्ने तयारी गरिएको छ । २ वर्षभित्र नदीको पानी भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्नेगरी २०७४ साल असार मसान्तमा खोटाङ बृहत पम्पिङ खानेपानी आयोजनाको सम्झौता भएको थियो । सुक्खाग्रस्त क्षेत्रका ७ वडामा नदीको पानी तान्न वा वर्षाको पानी संकलन गर्नुको विकल्प छैन ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलीमाबाट १३०४ मिटर उचाईमा रहेको भुम्जुडाँडामा निकालिने मेनलाईनको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेका उपभोक्ताको घर–घरमा पु¥याउने वितरण लाईनको ठेक्का लामा कन्ट्रक्सले लिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको महादेवबेँसीबाट १३३५ मिटर उचाईमा रहेको काभ्रेडाँडामा निकालिने पानीलाई हलेसी, दुर्छिम र मंगलटारमा पु¥याउने वितरणको कामको ठेक्का रमन–सगरमाथा जेभीले लिएको छ । रमन–सगरमाथा जेभीको बितरणको काम भने सुस्त देखिएको स्थानीयले बताएका छन् ।
काभ्रेडाँडा र भुम्जुमा ४÷४ लाख लिटर क्षमताको ट्यांकीमा पानी संकलन गरेर गाउँमा वितरण गरिने उपभोक्ता समितिले जनाएको छ । हाल काभ्रेडाँडा र महादेवबेँसीलाई जोड्ने सडक निर्माण, विद्युतका लागि पोल गाड्ने र वायरिङ गर्ने काम पूरा भइसकेको छ । यस्तै, भुम्जुडाँडा र लुलिमाबीचमा पनि पोल गाड्ने काम भइरहेको नगरप्रमुख राईले बताए । पानीको श्रोत नभएको तथा जनसंख्य बृद्धिका कारण भएका श्रोतले अपुग हुन थालेकोले हलेसी क्षेत्रलाई जिल्ला दैविप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



