सडक दुर्घट्ना न्यूनीकरणका लागि मध्यपहाडीका घुम्तीमा सडक ऐना
माघ २९ मंगलवार, २०७५
खोटाङ । सडक दुर्घट्ना न्यूनीकरणका लागि मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक खण्डका विभिन्न घुम्तीमा सडक ऐना राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी ओहोर–दोहोर गर्नेक्रममा प्रयोग हुने एक मात्र जयराम–हलेसी सडकका विभिन्न १५ घुम्तीमा स्ट्याण्डसहितको ठूलो सडक ऐना राखिएको हो ।
दैनिक हलेसी आवत–जावत गर्ने अन्तरिक तथा बाह्य पर्यटक एबं दर्शनार्थी सवार सवारी साधनको बाक्लो ओहोर–दोहोर हुने सडकमा हुनसक्ने सडक दुर्घटना न्यूनिकरणका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले हलेसी तुवाचुङ नगरपालिकासँगको सहकार्यमा सडकका जोखिमपूर्ण मोड छानेर ऐना राखेको हो । अष्ट्रेलियन रेडक्रसको आर्थिक सहयोग तथा रेडक्रिसेन्ट सोसाईटिज (आइएफआरसि) र नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको समन्वयमा जिल्लामा सञ्चालन भइरहेको समुदायमा आधारित विपद जोखिम न्यूनीकरण (सिविडिआरआर) कार्यक्रम अन्तरगत सडक ऐना राखिएको रेडक्रस जिल्ला शाखाका कार्यक्रम अधिकृत अच्यूत अधिकारीले वताए ।
ट्राफिक व्यवस्थापनकै लागि घुम्ती र साँघुरो मोडमा राखिएको सडक ऐना नगरपालिकाका नगरप्रमुख इवन राईले उद्घाटन गरेका छन् । नगरपालिकाको २ लाख र रेडक्रसको ४ लाखको खर्चमा ३० किलोमिटर सडकका संवेदनशिल घुम्तीमा प्रतिवटा १७ हजार पाँच सय बराबरको सडक ऐना राखिएको हो । ‘हलेसी आउने जाने पर्यटक र दर्शनार्थीको चापका कारण जयराम–हलेसी सडकमा सवारी साधनको बाक्लो चाप भएकाले दुर्घटनाको बढि जोखिम देखिएको छ,’ कार्यक्रम अधिकृत अधिकारीले भने, ‘त्यही साँघुरो र सानो घुम्तीमा हुनसक्ने दुर्घटना न्यूनिकरणका लागि सडक ऐना राखिएको हो ।’
घुम्ती भए पनि हरेक चालकले ऐनाको माध्यमबाट अगाडिको दृश्य र पछाडिको दृश्य देख्न सक्ने भएकाले सडक दुर्घटना कम हुने दावी गरिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि साँघुरो घुम्तीमा सडक ऐना राखेर उदाहरणीय काम भएको नगरप्रमुख राईले बताए । उपप्रमुख विमला राई, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, प्रहरी नायव उपरिक्षक राजकुमार केसी, रेडक्रस शाखाका सभापति कुमारसिं बस्नेत लगायतको उपस्थितिमा सडक ऐना उद्घाटन गरिएको हो ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



