पहाडमै सर्पको बिगबिगी
खोटाङ टुडे
२९ साउन,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सप्तमनी राईलाई साउन २० गते सर्पले टोक्यो । फूलबारी गोलमेल गर्नेक्रममा साउन २० गते अन्धो सर्पले दाहिने हातको औंलामा टोकेपछि राई उपचारका लागि चार दिन जिल्ला अस्पताल दिक्तेलमा बसे । उपचारपछि ‘नन पोइजन’ सर्पको टोकाईको चोट ठीक भएपनि त्यसको अशर अझै निको नभएको राईले बताए । यस्तै, सर्पले टोक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६५ वर्षीय अविनारायण घिमिरे घाईते भए । सर्पले टोकेपछि घिमिरे साउन १८ गते जिल्ला अस्पतालमा भर्ना भएका थिए । केही दिनको उपचारपछि घिमिरे ठीक भएर घर फर्किएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताए ।
जिल्ला अस्पतालका अनुसार साउन महिनाभित्र मात्र सर्पले टोकेका पाँच बिरामी उपचारमा आइसकेका छन् । साउनभित्र दिक्तेल आसपासबाट ३ जना, लामीडाँडा गाउँपालिकाबाट १ जना र निर्मलीडाँडाबाट १ जना बिरामी उपचारमा आएका हुन् । घरैमा घरेलु उपचार गर्ने र जिल्ला बाहिरका अस्पतालमा जाने बिरामी पनि उत्तिकै छन् । वर्षा याममा प्रशस्त मात्रामा जताततै झाडी हुने भएकाले सर्पको बिगबिगी हुने गरेको जिल्ला अस्पतालका प्रमुख डा. केसीले बताए । सर्पले टोकेका बिरामीको बेलामा उपचार नभए अकालमै ज्यान समेत जाने भएकाले चाँडोभन्दा चाँडो उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । पहाडी क्षेत्रमा ‘पोइजन’ भन्दा ‘नन पोइजन’ सर्प बढि पाइने गरे पनि हिँडडुल गर्दा सावधानी अपनाउनुपर्ने डा. केसी बताउँछन् । ‘यो समयमा जताततै झाडी हुन्छ । बढि मात्रामा सर्प हिँडडुल गर्ने सिजन पनि यही हो,’ डा. केसीले भने, ‘त्यही भएर हिँडडुल गर्दा, घाँस दाउरा गर्दा सावधानीपूर्वक गर्नुपर्ने हुन्छ ।’
सर्पले टोक्दा पहाडमा पनि बेला–बेलामा स्थानीयको मृत्यु भएको घट्ना सार्वजनिक भइरहँदा जिल्ला अस्पतालले भने सर्पको टोकाईबाट मृत्यु भएको तथ्यांक नभएको जनाएको छ । जिल्ला अस्पतालका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा सबैभन्दा बढि ७१ जनालाई सर्पले टोकेको थियो । यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा ४७ जना र आर्थिक वर्ष २०७४/०७४ मा सर्पले टोकेका ३३ बिरामी भर्ना भएको जिल्ला अस्पतालले जनाएको छ । अन्धा, हरेउ, सिरिसे लगायतका सर्प पाइने पहाडी क्षेत्रमा पाईप तथा सवारी साधनमार्फत तराईबाट विषालु सर्प समेत आइपुग्ने गरेको छ । उपचारमा आएका बिरामीमध्ये कतिपय भने विषालु सर्पले टोकेका पाइनुले यसको पुष्टि हुने स्वास्थ्यकर्मी बताउँछन् ।
सर्पको टोकाईबाट बच्नका लागि जुत्ता लगाएर मात्र हिँडडुल गर्न, सावधानी अपनाएर रुख चढ्न, घाँस दाउरा गर्न, अँध्यारोमा बत्ती बालेर मात्र हिँडडुल गर्नुपर्ने डा. केसीको सुझाव छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



