आवधिक योजना निर्माणका लागि विज्ञहरुसंग सुझाव संकलन

फागुन १ बुधवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आवधिक योजना निर्माणका लागि विज्ञहरुसंग सुझाव संकलनका लागि छलफल गरेको छ । काठमाडौंस्थित तिनकुनेमा रहेको सिद्धार्थ कटेजमा बुधबार विज्ञहरुलाई उपस्थित गराएर सुझाव संकलन लागि छलफल गरेको हो । खोटाङमा जन्मेर काठमाण्डौमा बसोवास गर्ने विज्ञता हाँसिल गरेका व्यक्तिहरुसंग गाउँपालिकाले सुझाव संकलन गरेको हो ।

गाउँपालिकालाई समृद्ध बनाउँदै मुलुककै नमूना गाउँपालिका निर्माण गर्न के गर्दा राम्रो बनाउँन सकिन्छ ? भन्ने प्रश्नमाथि विज्ञहरुसंग सुझाव लिईएको हो । गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, सञ्चार, उद्योग, व्यवसाय र रोजगारलाई माथि उठाएर आगामी दिनमा व्यवस्थित नागरिक र व्यवस्थित गाउँपालिका निर्माण गर्नका लागि सुझाव संकलन गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

सुझाव संकलन कार्यक्रममा प्रतिनिधि सभा सदस्य हिरा गुरुङ, पूर्व संसदहरु समिता कार्की, अर्जुन राई, टंक राई, विदुर पौडेल, सूचना आयोगका सचिव मणिराम ओझा, पूर्व निर्वाचन आयूक्त भोजराज पोखरेल, पूर्व कृषि सचिव उत्तम भट्टराई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयूक्त दिप बस्न्यात, सशस्त्र प्रहरी वलका पूर्व आईजीपी सनतकुमार बस्नेत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट, स्वास्थ मन्त्रीका प्रमुख सल्लाहकार डाक्टर कृष्णकुमार राई, पूर्व डिआईजी हरी बस्नेत, नेपाल सरकारका उपसचिव कृष्ण कट्वाल, नेपाल सरकारका पूर्व सहसचिव बागधन राई, नेपालका लागि स्वीस संयोजक भरत पोखरेल, कल्याण रोका, दिपक पाण्डे, डम्बर खड्का, चन्द्रकाली अधिकारी, रणदिप बस्नेत, बिष्णु बहादुर कट्वाल, दुर्गा बस्नेत, जयकुमार राईलागयतको उपस्थिति रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका –५ का वडा सदस्य अमृत गिरीले जानकारी दिए ।