दिक्तेल इंलिस बोर्डिङ स्कुलका छात्र/छात्राद्धारा विज्ञान प्रदर्शनी
फागुन ३ शुक्रवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल इंलिस बोर्डिङ स्कुलका छात्र/छात्राले विज्ञान प्रदर्शनी आयोजना गरेका छन् । अतिरिक्त क्रियाकलाप अन्तरगत बोर्डिङ स्कुलका कक्षा ४ देखि कक्षा १० मा अध्ययनरत छात्र÷छात्राको वार्षिक कार्यक्रम अन्तरगत विज्ञान प्रदर्शनी आयोजना गरिएको हो । पुस्तकमा अध्ययन गरेका सैद्धान्तिक सिकाईलाई व्यवहारमा उतारेर देखाउनका लागि एक दिने विज्ञान प्रदर्शनी आयोजना गरिएको दिक्तेल इंलिस बोर्डिङ स्कुलका विज्ञान शाखाका संयोजक नरेश सुब्बाले बताए ।
छात्र÷छात्राले न्यूटनको तेश्रो नियम, पास्कलको नियम, आर्किमिडिजको सिद्धान्त अनुसार विज्ञान आविस्कारका नमूना तयार पारेर प्रदर्शन गरेका छन् । छात्र÷छात्राले सस्तो, सुलभ र घरमै उपलव्ध हुने सामग्री प्रयोग गरेर निर्माण गरिएको विज्ञान सामग्री प्रदर्शनीमा राखेको बताएका छन् ।
विज्ञान प्रदर्शनीमा उनीहरुले डुंगा, स्काभेटर, इलेक्ट्रिक बेल, हावावाट विद्युत उत्पादन, गाडी, कागतीबाट विद्युत उत्पादन लगायतका प्रयोग गरेर देखाएका छन् । ‘विद्यार्थीले कक्षामा सिकेका सैद्धान्तिक कुराका आधारमा विज्ञान सामग्री तयार पारेर प्रदर्शनी आयोजना गरिएको हो,’ संयोजक सुब्बाले भने, ‘विज्ञान विषयप्रति विद्यार्थीको सिकाई मापन गगर्दै नयाँ खोज अनुसन्धानमा प्रोत्साहन मिल्ने हाम्रो अपेक्षा छ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



