दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तीन वटा कार्यविधि पारित गर्यो
फागुन ५ आइतवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तीन वटा कार्यविधि पारित गरेको छ । फागुन २ र ३ गते नगर कार्यपालिकाको बैठकले कृषि बिकास कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, बजार अनुगमन सम्बन्धी कार्यविधि र सरसफाई तथा फोहोरमैला व्यवस्थापन कार्यविधि २०७५ पारित गरेको हो ।
नेपालको संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुशार स्थानीय तहलाई तोकिएको अधिकार क्षेत्रभित्रका विषयमा आवश्यक कानून बनाई प्रशासकीय कार्यविधि नियमित गर्न सकिने व्यवस्था भए अनुसार कार्यविधि पारित गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।
नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को पुँजीगततर्फ करिब ७५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । चालुतर्फ पनि ४१ प्रतिशत खर्च भएको नगरप्रमुख रिजालले वताए । नगरपालिकाले नगरक्षेत्रभित्र रहेका ढुंगा, गिटी र बालुवा खानी सञ्चालनका लागि ठाउँ पहिचान गर्ने र अनुरोध आएमा आइइई गरेर मात्र उत्खनन गर्न दिने निर्णय पारित गरेको छ । नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरेर कार्यपालिकाको निर्णय सार्वजनिक गरेको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



