दुर्छिम पूर्ण सरसफाई उन्मुख वडा घोषणा
फागुन ५ आइतवार, २०७५
खोटाङ । खोटाङको दुर्छिमलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । पूर्ण सरसफाई उन्मुख वडा घोषणा अभियान अन्तरगत आईतबार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । दुर्छिम माविको प्रांगणमा भएको कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले र उपप्रमुख विमला राईले संयुक्त रुपमा वडालाई पूर्ण सरसफाई उन्मुख घोषणा गरेका हुन् ।
व्यक्तीगत सरसफाई, घरायसी सरसफाई र वातावरणीय सरसफाई सम्वन्धी सूचक पूरा गरेको आधारमा वडा कार्यालयको आयोजनामा पूर्णसरसफाईयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष रमेश तिवारीले बताए ।
प्रत्येक व्यक्तिले व्यक्तीगत सरसफाई/स्वच्छता कायम गर्ने, महत्वपूर्ण अवस्थामा प्रत्येक व्यक्तिको साबुन पानीले हात धुने अभ्यास, प्रत्येक घरमा चर्पी निर्माण तथा नियमित प्रयोग, प्रत्येक घरमा घरायसी तहमा पिउने पानीको सुरक्षित व्यवस्थापन, प्रत्येक घरमा ठोस वस्तु÷फोहोरमैलाको उचित व्यवस्थापन, प्रत्येक घरमा सरसफाईको इकाई निर्माण तथा प्रयोग, प्रत्येक घरमा तरल फोहोरमैलाको उचित व्यवस्थापन, प्रत्येक घरमा सुधारिएको चुल्हो/बायो ग्याँस, सार्वजनिकस्थलको सरसफाई गरेको अवस्थापछि वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।
सवल परियोजना र नवकिरण सेवा समाजको प्राविधिक सहयोगमा करिब तीन वर्षपछि दुर्छिमलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको नवकिरण सेवा समाजका यविन्द्र राईले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



