पर्यटन प्रवद्र्धनका लागि मुन्धुम पदमार्ग यात्रा
फागुन ८ बुधवार, २०७५
खोटाङ । पूर्वी पहाडका चार जिल्लाको पर्यटन प्रवद्र्धनका लागि मुन्धुम पदमार्ग यात्रा सुरु गरिएको छ । सरकारको उत्कृष्ट सय गन्तव्यमा समेटिएको ‘मुन्धुम ट्रेल’ले समेट्ने खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मंगलबारदेखि मुन्धुम पदमार्गको अध्ययन–अवलोकन यात्रा सुरु गरिएको हो ।
काठ्माण्डौंबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित होलेसुङगढी, हलेसी, तुवाचुङजायजुम हुँदै सुरु भएको मुन्धुम पदमार्ग यात्रा चखेवा, टेम्केडाँडा, साल्पा सिलिचुङ, मैयूँडाँडा हुँदै भोजपुर पुगेर टुंगिने पदमार्ग यात्राका प्रवद्र्धक मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन विकास केन्द्र (एमटीएसएस)का अध्यक्ष रमेश राईले बताए ।
मुन्धुम पदमार्गमा पर्ने चार जिल्लाको पर्यटकीय क्षेत्रको अध्ययन, भ्रमण र दृश्यावलोकन सहित पदमार्गको रुट मार्किङ, बाटोको अध्ययन, म्याप सर्भे, जैवीक विविधताको अध्ययन, पानीको उपलव्धता लगायतका वारेमा विस्तृत अध्ययन अवलोकनका लागि यात्रा सुरु गरिएको हो ।
मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन विकास केन्द्रले नेपाल टुरिज्म बोर्ड, मुन्धुम पदमार्गले छोएका स्थानीय तहसँगको सहकार्यमा ७ दिनको मुन्धुम पदमार्ग यात्रा आयोजना गरेको जनाएको छ । मुन्धुम पदमार्गको अध्ययन–अवलोकन यात्रामा नेपाल टुरिज्म बोर्ड, ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (टान) र वनस्पती विभागका निर्देशक, पर्यटनविद्, पर्यटन व्यवसायी, माउन्टेनगाईड, पत्रकार लगायतको टोली सहभागी छन् ।
चखेवाभञ्ज्याङबाट सुरु भएर मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडा लगायतका पर्यटकीयस्थललाई जोडेको मुन्धुम पदमार्ग यात्राकाक्रममा नुम्वुर, मकालु, सगरमाथा, कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमश्रृंखला समेत अवलोकन गर्न सकिने जनाइएको छ ।
यस बाहेक मुन्धुम पदमार्गमा किराती संस्कृति, जीवनशैली, रहनसहन, साँस्कृतिक र पर्यवरणीय विषयमा समेत अवलोकन गर्न सकिने जनाइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



