तीन दशकपछि हिमालमा हाँसो !
फागुन ८ बुधवार, २०७५
खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरका मोहन गुरुङले उत्तरका हिमश्रृंखलामा आँखा तिरमिराउने किसिमको वाक्लो हिउँ नदेखेको करिव तीन दशक वितिसकेको थियो । बा¥है मास हिउँले ढाक्ने हिमाल हेर्दाहेर्दै हिउँ पग्लिएर कालो पहाडझैं देखिन थालेका थिए । गुरुङको अनुभवमा मौसम सँधै सफा हुने र सो समयमा देखिने सेताम्मे हिमाललाई पछिल्लो दशक तुवालोले छेक्न थालेको छ । तर, मौसम बदलीसँगै गत माघ १५ गते साँझ अधिकांश ठाउँमा हिउँ पर्दा उत्तरतर्फका हिमालको हाँसो फर्किएको स्थानीय बताउँछन् । हिउँ वर्षा भएपछि उत्तरमा करिब २७ वर्ष अघिको दृश्या देखिएको गुरुङले वताए । ‘
करिव २०४८ साल अघिसम्म हरेक वर्षको पुस–माघमा हिउँ पर्थे, उत्तरतर्फका हिमश्रृंखला सँधै हिउँले ढाकिएको हुन्थ्यो,’ पर्यावरणमा चासो राख्दै आएका गुरुङले भने, ‘त्यस यता क्रमशः हिउँ पर्न छाडे । हिमालको हिउँ पग्लिएर कालो पहाड मात्र देखिन थालेको थियो । तर, यसपल्ट हिँउ पर्दा लामो समयपछि पुरानो दृश्या देख्न पाइएको छ ।’ हाल हिउँले ढाकेको सगरमाथा, महालंगुर लगायतका हिमश्रृंखलाले टाढैबाट सबैको मन लोभ्याइरहेको छ ।
माघ १५ गते खोटाङका लेकाली क्षेत्रका अधिकांश ठाउँमा हिउँ परे । दिक्तेलको मुढे, रुपाकोट आसपासमै करिब २४ वर्षपछि हिउँ परेको हो । ऐसेलुखर्क आसपासका डाँडामा हिउँमा खेल्ने अवशर २०४२ सालपछि यसैपल्ट मात्र मिलेको हो । केही दिनसम्म नपग्लिएको हिउँमा खेल्ने स्थानीयको भीड नै लागेको थियो । विद्यार्थीलाई हिउँको बारेमा अध्ययन गराउनका लागि कतिपय विद्यालयले अवशर छोपे । सँधै खंग्रङ्ग हुने चौंर र डाँडापाखामा परेको सेताम्मे हिँउको तस्बिर सामाजिक सञ्जालमा छरपस्ट भए ।
यसपल्ट लेकाली क्षेत्रमा हिउँ पर्दा लामो समयपछि हिउँमा खेल्ने अवशर मात्र जुरेन ‘हिउँ परेको हिमालको वास्तविक दृश्य हेर्ने अवशर पनि मिलेको शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सूर्य राईले बताए । ‘हिमालमा हिउँ कम पर्न थालेको थियो । भएका हिउँ पनि पग्लिएर पहाड मात्र देखिन थालेको थियो,’ राईले भने, ‘वाल्यकाल छँदा ३० वर्षअघि हिमालको जस्तो दृश्य देखिन्थ्यो, त्यही दृश्य यसपल्ट देख्न पाइएको छ । यो दृश्यले आफ्नै वाल्यकाल सम्झाएको छ ।’
लामो समयपछि हिउँ पर्दा पनि कृषि उत्पादन बृद्धि हुनेमा किसान उत्साहित छन् । लेकाली क्षेत्रमा लगाइने आलुको उत्पादन बृद्धि हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेका शिक्षक नैन तामाङले वताए ।
उत्तरतर्फका हिमालको दृश्या हिमाल, पहाड र तराई क्षेत्रबाट अवलोकन गर्न सकिन्छ । हिमाल र हिमाल नजिकका पहाडमा पर्ने हिउँको बारेमा धेरथोरलाई ख्याल छ । उनीहरुको भनाईमा २०३२/०३३ सालताका उत्तरका हिमश्रृंखलातर्फ हेर्दा आँखा तिरमिराउने हिउँ देखिन्थ्यो । खुला मौसममा टल्किएको हिमाल कम्ती मनोमोहक देखिन्नथ्यो । तर, तीदेखि चार दशकको अवधिमा हिमालको स्वरुप कालो पत्थरजस्तै बन्न थालेको छ ।
जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिँदा हिमाल कालो पहराजस्तो बन्न थालेको गुरुङ बताउँछन् । ‘यो सबै जलवायु परिवर्तनको अशर हो,’ गुरुङले भने, ‘यसतर्फ बेलामा ध्यान नदिने हो भने पर्यायवरण सन्तुलनमा नराम्रो अशर देखिन सक्छ ।’
बा¥हैमास हिउँले ढाक्नुपर्ने हिमालका टाकुरामा मात्र हिउँ देखिन थालेको स्थानीयको अनुभव छ । टाकुराभन्दा मुनिका भागमा अहिले कतै–कतै मात्र हिउँले ढाकेको दृश्या देख्न सकिन्छ
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



