केकी र आर्जनको झिमिक्कै परेली
फागुन ९ बिहिवार,२०७५
अहिले नेपाली अभिनेत्रीहरु फिल्म र म्युजिक भिडियोमा सराबरी छाउन थालेका छन् । यसमा प्रियंका कार्कीदेखि आँचल शर्मासम्म छन् । यही पंक्तिमा लामबद्ध भएकी छिन्, केकी अधिकारी पनि । केकी अभिनित म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गीतको बोल छ, झिमिक्क परेली ।
यो गीत आर्जन पान्डे र मेलिना राइले गाएका हुन् । रोमान्टिक शैलीको गीतलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । भनिहालौं, विशालले यसअघि फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए । यसको कार्यकारी निर्माता केकी नै थिइन् ।
विशालले निर्देशन गरेको म्युजिक भिडियोमा केकीसँगै गायक आर्जन पान्डेलाई देख्न सकिन्छ । फिल्मी शैलीमा निर्माण गरिएको उक्त भिडियो चलनचल्तीका भिडियोभन्दा केही पृथक छ । अर्जुन तिवारी र उनको समुहले छायांकन गरेको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



