नयाँ संहिता कार्यान्वयनको प्रारम्भ
खोटाङ टुडे
३ भदौ
जिल्ला अदालत खोटाङले परिमार्जित मुलुकी ऐन कार्यान्वयनको प्रारम्भ गरेको छ । जिल्ला अदालतले शुक्रबार औपचारिक कार्यक्रम गर्दै नयाँ कानून कार्यान्वयनको सुरुवात गरेको हो । जिल्ला अदालतमा भएको कार्यक्रममा जिल्ला न्यायधिस किशोर घिमिरेले जिल्लामा मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, फौजदारी कसुर ऐन प्रारम्भ भएको घोषणा गरेका छन् ।
जिल्ला न्यायधिस घिमिरेले मुलुकी ऐन र परिमार्जित नयाँ कानूनका भिन्नताका बारेमा सहभागीलाई जानकारी गराए । उनले आवश्यकता अनुशार कानून परिमार्जन हुँदै जाने भएकाले कानून कार्यान्वयनका लागि आग्रह गरे । ‘कानून समय अनुशार परिवर्तन हुँदै जाने कुरा हो,’ जिल्ला न्यायधिस घिमिरेले भने, ‘हाललाई बनेको कानूनको पालना सबैको दायित्व हो ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



