बेकरी उद्योग शुरु

खोटाङमा पहिलोपल्ट ठूला लगानीको बेकरी एण्ड क्याफे उद्योग सुरु गरिएको छ । स्थानीय ५० उद्यमीको संयुक्त लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको बैंकचोकमा सिद्धलक्ष्मी बेकरी एण्ड क्याफे उद्योग सुरु गरिएको हो ।

 

जिल्लामा मध्यपहाडी लोकमार्ग एबं स्थानीय सडकको सहज पहुँच बढ्दै गएको अवस्थामा सिद्धलक्ष्मी कम्पनीले १ करोड ४० लाखको लागतमा बेकरी एण्ड क्याफे उद्योग सुरु गरेको हो । अत्याधुनिक उपकरण प्रयोग गरेर स्थापना गरिएको बेकरी एण्ड क्याफे उद्योग शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र जिल्ला न्यायधिस किशोर घिमिरेले संयुक्तरुपमा उद्घाटन गरेका छन् । आयतीत बेकरीलाई बिस्थापित गर्दै जिल्लाकै उत्पादनलाई बिस्तार गरेर आर्थिक संमृद्धि प्राप्त गर्ने लक्ष्यका साथ दिक्तेलमा सिद्धलक्ष्मी बेकरी एण्ड क्याफे उद्योग सुरु गरिएको सिद्धलक्ष्मी कम्पनी प्रालिका अध्यक्ष छत्रकुमार बजीमयले बताए ।

 

दिक्तेलमा सिद्धलक्ष्मी सहकारी सञ्चालन गर्दै आएको समुहले नै बेकरी एण्ड क्याफे उद्योग स्थापना गरेका हुन् । ठूलो लगानीका बेकरी उद्योगमा २५ जनाले रोजगार पाएका छन् । विकट क्षेत्रमा पनि औधोगिक बिकास गर्ने लक्ष्य लिएको उद्योगले हाल ब्रेड, डुनोट, बर्गरबन, क्रिमरोल, पफ, मफिन, पेष्ट्री, बर्थडे केक लगायतका खाद्य सामग्री उत्पादन गरेर बजारमा वितरण गरिरहेको छ ।