संघीय समाजवादी फोरमको पालिका अधिवेसन मिति तय

 

फागुन ११ शनिवार,२०७५

खोटाङ । संघीय समाजवादी फोरम खोटाङले पालिका अधिवेसनको मिति तय गरेको छ । शनिवार दिक्तेलको हेलीप्याडस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको बैठकले दुई नगरपालिका र आठ गाउँपालिकाको अधिवेसनको मिती टुंगो लगाएको हो ।

बैठकले फागुन २३ गते बराहपोखरी गाउँपालिका, फागुन २४ गते रावाबेँसी गाउँपालिका, फागुन २५ गते जन्तेढुंगा गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका, २६ गते केपीलासगढी गाउँपालिकामा पालिका अधिबेसन गर्ने निर्णय भएको संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष टंक थापाले बताए ।

यस्तै, फागुन २७ गते खोटेहाङ गाउँपालिका र साकेला गाउँपालिका, फागुन २८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका, फागुन २९ गते हलेसी तुवाचुङ नगरपालिका र फागुन ३० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिबेसन हुने संघीय समाजबादी फोरमले जनाएको छ ।

संघीय समाजवादी फोरमले चैत्र १ र २ गते जिल्ला समन्वय समिति गठन गर्ने तथा चैत्र ३ र ४ गते प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय समिति गठन गर्ने उपाध्यक्ष थापाले वताए ।

आगामी चैत्र २० गतेभित्र हुने प्रदेश कमिटि तथा बैसाख २७ देखि २९ गतेसम्म हुने महाधिबेसनको तयारी स्वरुप पालिका र जिल्ला समन्वय समिति गठनको कामलाई तिव्रता दिइएको संघीय समाजवादी फोरमले जनाएको छ ।