सामुदायिक विपद व्यवस्थापन समिति पुःर्नगठन

फागुन १२ आइतवार,२०७५
खोटाङ । सामुदायिक विपद व्यवस्थापन समिति खोटाङको पुःर्नगठन गरिएको छ । दिक्तेलमा सञ्चालन गरिएको सामुदायिक विपद व्यवस्थापन समिति र जिल्ला सञ्जालको प्रमुख तथा प्रतिनिधिको क्षमता अभिवृद्धि कार्यक्रमको अवशर पारेर सामुदायिक विपद व्यवस्थापन समिति पुःर्नगठन गरिएको हो ।

पुःर्नगठित समितिको अध्यक्षमा दुर्छिमका मेजर राई, उपाध्यक्षमा राजापानीका भीमबहादुर खड्का, सचिवमा बडहरेका नृप कट्वाल, सह–सचिवमा बाहुनीडाँडाका बिन्द्रधन राई र कोषाध्यक्षमा लिच्कीराम्चेका विष्णुमायाँ राया चयन भएका छन् । यस्तै, राजापानीकी मिना श्रेष्ठ र च्यास्मीटारकी सुमित्रा राई सामुदायिक विपद व्यवस्थापन समितिको सदस्य चुनिएकन छन् ।

च्यास्मीटार, बडहरे, दुर्छिम, बाहुनीडाँडा, राजापानी, लिच्कीराम्चे लगायतका वडामा क्रियासिल विपद व्यवस्थापन समिति र जिल्ला सञ्जालका प्रमुख तथा प्रतिनिधिको क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरिएको हो । सामुदायिक विपद व्यवस्थापन समिति जिल्ला सञ्जालको आयोजना, नवकिरण सेवा समाज नेपाल÷सवल परियोजनाको सहयोग र रेडक्रस सोसाईटीको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।