प्रदेशसभामै बाँदर आतंकको चर्चा चलेपछि…
फागुन १२ आइतवार २०७५
खोटाङ । प्रदेश नम्बर १ सभाको जारी हिउँदे अधिबेसनमा खोटाङको बाँदर आतंक नियन्त्रणका विषयमा आवाज उठेको छ । खोटाङबाट निर्वाचित प्रदेश सांसद रामकुमार राईले आईतबार भएको प्रदेशसभाको ‘शुन्य’ समयमा बाँदर आतंक नियन्त्रणका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बाँदरका कारण खेतीयोग्य जमिन बाँझिने र बसाई–सराई सर्नेक्रम बढेको भन्दै प्रदेश सांसद राईले बाँदर नियन्त्रणका लागि सरकारले पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘खाईनखाई लगाएको बालीनाली सखाप पारेर बाँदरले किसानको उठिबास लगाएको छ,’ प्रदेशसभा सांसद राईले भने, ‘यसलाई उचित तरिकाले व्यवस्थापन गर्नेतर्फ सरकारकै ध्यान जान जरुरी छ ।’
खोटाङमा ‘बाँदर समाउ’ अभियान सञ्चालन भइरहेकै समयमा प्रदेशसभा सांसद राईले प्रदेशसभामै कुरा उठाएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले फागुन ७ गतेदेखि ‘बाँदर समाउ’ अभियान सञ्चालन गरिरहेको छ ।
प्रदेशसभा सांसद राईले खोटाङकै बराहपोखरी गाउँपालिकाको सुन्तलेस्थित चेकेथुममा सुक्खा पहिरोबाट विस्थापित १६ घर र विस्थापित २७ घरको सुरक्षित स्थानान्तरण गर्नुपर्ने, साकेला गाउँपालिका–५ मात्तिमस्थित सोस्तुममा पहिरोकै कारण विस्थापित एक घर र जोखिममा रहेका तीन घरलाई अन्यत्र सार्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । २०७२ सालको भूकम्पका कारण चेकेथुममा सुक्खा पहिरो सुरु हुँदा स्थानीय जोखिममा परेको प्रदेशसभा सांसद राईले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



