पाँच दिनमा ५६ बाँदर खोरमा
फागुन १३ सोमवार,२०७५
खोटाङ । नजिकका राष्ट्रिय निकुञ्जमा पु¥याउने गरी खोटाङमा बाँदर समात्न थालिएको पाँच दिनमै ५६ वटा बाँदर समातिएको छ । अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्जमा पु¥याएर छाड्ने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट बाँदर समातिएको हो । भारतीय शिकारीले जंगलमा जाल थापेर मंगलबारदेखि शनिबारसम्ममा ५६ बाँदर समातेको नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताए ।
खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपछि खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारीमार्फत बाँदरलाई समातेर निकुञ्ज पु¥याउनका लागि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले जिल्लामा ‘बाँदर समाउ’ अभियान थालेको हो ।
किसानको खेतबारीको अन्नबाली सखाप पार्ने बाँदरलाई खोर तथा जाल थापेर समाएर निकुञ्जमा पु¥याउनका लागि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा भारतीय शिकारीलाई दिक्तेलमा बोलाइएको हो । बाँदर समात्नका लागि गत माघ २१ गते दिक्तेल आइपुगेका दुई जना शिकारीले पुःन आफ्नो थप ७ जनाको टोली फागुन ३ गते ल्याएपछि बादर समात्ने काम भइरहेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १५ वडाका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पु¥याउनका लागि नगरपालिकाकै १० लाखको खर्चमा शिकारीलाई जिल्ला भित्र्याइएको हो । आगामी जेठ मसान्तभित्रमा प्रतिवटा दुई हजारका दरले २५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीचमा सम्झौता भएको अध्यक्ष घिमिरेले बताए ।
सुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिएको ‘बाँदर समाउ’ अभियान जिल्लाका १० वटै स्थानीय तहमा पु¥याइने छ । माघ २८ गते भएको भेलामा बाँदर नियन्त्रणका लागि नगरका सबै वडाले प्रतिवडा डेढ लाखका दरले बजेट व्यवस्था गर्ने निर्णय भएको छ । यसबाहेक लफ्याङमा चन्दा समेत संकलन भइरहेको छ । बाँदरले बीउ नै मासिदिएपछि हैरानी खेपिरहेका किसान बाँदर समातेर निकुञ्ज पु¥याइने भएपछि उत्साहित देखिएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



