संघीय समाजवादी फोरमको नगर अधिवेसन चैत्र २ गते
फागुन १३ सोमवार, २०७५
खोटाङ । संघीय समाजवादी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम अधिवेसन आगामी चैत्र २ गते हुने भएको छ । संघीय समाजवादी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अधिवेसन आयोजक समितिले सोमवार दिक्तेलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर अधिवेसनको मिति सार्वजनिक गरेको हो । फागुन ३० गते गर्ने भनिएको नगर अधिबेसनको मिति प्रमुख अतिथिका कारण सारिएको संघीय समाजवादी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अधिवेसन आयोजक समितिका संयोजक निर्मल राईले बताए ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव एबं सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको प्रमुख आतिथ्यता, १ नम्वर प्रदेश समितिका अध्यक्ष भूपेन्द्र नेम्वाङ र केन्द्रीय सदस्य लिला सिटौलाको विशेष आतिथ्यतामा नगर अधिवेसन गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ
। नगर अधिवेसनका लागि पार्टीका जिल्ला सल्लाहकार प्रश्नराज राईको संयोजकत्वमा संगठन निर्माण समन्वय समिति, अधिबेसन आयोजक समितिका सचिव रविन खम्बूको संयोजकत्वमा प्रचार–प्रसार उप–समिति, धनिराम राई नछुङको संयोजकत्वमा साँस्कृतिक उप–समिति र आर्थिक उप–समिति गठन गरिएको छ ।
नगर अधिबेसनका लागि फागुन १७ गतेदेखि २५ गतेभित्रमा सबै वडा समिति गठन एबं पुःर्नगठन, प्रतिनिधि तथा पर्ययवेक्षक छनौटको काम पूरा गरिने संयोजक राईले बताए । अधिवेसनकै तयारी स्वरुप फागुन १७ गते संघीय शिक्षक फोरम र समाजवादी युवा फोरमको नगरस्तरिय समिति गठन गरिने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष टंक थापा लगायतको उपस्थिति रहेको थियो ।
संघीय समाजबादी फोरम नेपाल खोटाङले फागुन २३ गते बराहपोखरी गाउँपालिका, फागुन २४ गते रावाबेँसी गाउँपालिका, फागुन २५ गते जन्तेढुंगा गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका, २६ गते केपीलासगढी गाउँपालिकामा पालिका अधिबेसन गर्ने निर्णय भएको जनाएको छ । यस्तै, फागुन २७ गते खोटेहाङ गाउँपालिका र साकेला गाउँपालिका, फागुन २८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका र चैत्र १ गते हलेसी तुवाचुङ नगरपालिकाको अधिबेसन हुने संघीय समाजबादी फोरमले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा प्रदेश अध्यक्ष नेम्वाङ र केपीलासगढी गाउँपालिकामा किरात प्रदेश समितिका अध्यक्ष जुद्ध ढाक्रेको प्रमुख आतिथ्यतामा अधिवेसन हुने पार्टीले जनाएको छ ।
संघीय समाजबादी फोरमले चैत्र ३ गते जिल्ला समन्वय समिति गठन तथा चैत्र ४ गते प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय समिति गठन गर्ने उपाध्यक्ष थापाले बताए । आगामी चैत्र २० गतेभित्र हुने प्रदेश कमिटि तथा बैशाख २७ देखि २९ गतेसम्म हुने महाधिबेसनको तयारी स्वरुप पालिका र जिल्ला समन्वय समिति गठनको कामलाई तिव्रता दिइएको संघीय समाजबादी फोरमले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



