दिप्रुङमा एकीकृत घुम्ती शिविर सञ्चालन हुने
फागुन १४ मंगलवार,२०७५
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका” ५ सप्तेश्वर छितापोखरीको पञ्चमीबजारमा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ । जिल्लास्थित कार्यालयवाट प्रवाह गरिने सेवाहरु स्थानीय तहमा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय खोटाङको संयोजकत्व तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको व्यवस्थापनमा फागुन १७ र १८ गते दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन हुने भएको हो ।
एकीकृत घुम्ती शिवरमा नयाँ तथा प्रतिलिपी नागरिकता, अपाङ्गता परिचयपत्र, फोटोसहितको मतदाता नामावली संकलन, जग्गा पास, बकस, नामसारी सनाखत, राजीनामा तथा अंश भर्पाइ, माटोको परिक्षण, किसानलाई औषधी तथा परामर्श, घासको बीउ, आयुर्वेदिक स्वास्थ्य परिक्षण लगायतका सेवा सञ्चालन गरिने गाउँपालिका उपप्रमुख सपना राईले जानकारी दिइन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले यसअघि बैशाख महिनामा डाँडागाउँ, सप्तेश्वर छितापोखरी र बतासेमा घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



