सडकमा सहकार्य
खोटाङ टुडे ६ भदौ
तराई जोड्ने सडकलाई नियमित सञ्चालनका लागि खोटाङको जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले सहकार्य गर्ने सहमती गरेको छ । दुई गाउँपालिका र तराई जोड्ने धाप्लाङ–धर्तुङ–चिसापानी सडक र बंशिलाघाट–दिप्लुङ–मौवाबोटे–चिसापानी सडकलाई लागत सहभागीतामा मर्मत गर्ने निर्णय गरिएको हो ।
जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानीमा बसेको संयुक्त बैठकले बंशिलाघाट र धाप्लाङ जोड्ने सडकलाई लागत सहभागीतामा मर्मत गर्ने निर्णय गरिएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए । दुई सडकले दुबै गाउँपालिकालाई तराईसँग जोड्ने भएकाले महत्वका आधारमा छानिएका सडकलाई नियमित सञ्चालनको व्यवस्थाका लागि छिमेकी गाउँपालिकाबीचमा सहकार्य गर्ने निर्णय भएको हो ।
लागत सहभागीतामा सडक मर्मतका लागि पुःन बैठक बसेर मर्मत गर्नुपर्ने अवस्थाका खण्ड मर्मतका लागि टुंगो गरिने र प्राविधि स्टीमेट तयार पारेर सहमतीमा बजेट खर्च गर्ने सहमती गरिएको बराहपोखरी गाउँपालिकाका प्रमुख शालिक बञ्जराले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



