लफ्याङ र मात्तिम जोड्ने पक्की पुल निर्माणको काम सुस्त
फागुन १४ मंगलवार,२०७५
खोटाङ । खोटाङको लफ्याङ र मात्तिम जोड्ने साप्सु पुल निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको छ । २०७३ मंसिर २२ गते शिलान्यास गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोलाको पक्की पुल निर्माणको काममा ठेकेदार कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको चरम ढिलासुस्ती भएको हो । सुरुको म्याद नाघेको १५ महिना बित्दा पुलको पिलर उठाउने काम समेत हुन सकेको छैन ।
१८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले २०७३ साल बैशाखमा ठेक्का लिएको पुलको लफ्याङतर्फको पिलर उठाउने काम मात्र सकिएको छ । मात्तिमतर्फको पुलको पिलर उठाउने काम पुसदेखि नै रोकिएको स्थानीयको भनाई छ ।
नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको २ करोड ३० लाख ३६ हजारको लागतमा पूरा गर्नेगरी ठेक्का लागेको पुलको पुलको म्याद २०७४ साल कार्तिकमै सकिएको छ । म्याद गुज्रिएको १५ महिना बित्दा समेत पुल निर्माणको काम सन्तोषजनक हुन नसकेको भन्दै ठेकेदारको चर्को आलोचना हुने गरेको छ । पुलको पिलरको लेभेल हेर्ने टोटलिस्ट मेसिन अभावमा १५–२० दिन मात्र काम रोकिएको ठेकेदार कम्पनीका प्रतिनिधि विराज आचार्यले बताए । ‘जिल्लामा टोटलिस्ट मेसिन पाईएन, त्यो मेसिन काठ्माण्डौंबाट ल्याउन प¥यो,’ आचार्यले भने, ‘अव पुलको काम सरासर अघि बढ्छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडक जोड्ने साप्सु पुल जिल्लाको गौरबको योजना हो । खोटाङको संबृद्धिसँग जोडिएको साप्सु खोलाको पुल सम्झौता मितिमा निर्माण नहुँदा दिक्तेल–खोटाङबजार सडक उपयोग बिहिन बन्न पुगेको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताए ।
म्याद नाघेको वर्षौँ बित्दा पनि साप्सु खोलाको पुल पिल्लर ठड्याउने काम समेत पूरा नभएपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गत कात्तिक ५ गते ठेकेदार कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीलाई कालोसूचीमा समाबेश गर्न गृहमन्त्री समक्ष लिखित माग राखिसकेका छन् । पुल भट्टराईले नै शिलान्यास गरेका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



