छात्र–छात्रालाई छात्रवृत्ति
खोटाङ टुडे
११ भदौ
बखतबहादुर खड्का स्मृति प्रतिष्ठानले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५सप्तेश्वर छितापोखरीस्थित सरस्वती मावि डाँडाखर्कका १० छात्र–छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । २०६६ सालमा निधन भएका खड्काको स्मृतिमा श्रीमती, छोरा, भतिजा र भतिजा बुहारीले २०६८ सालमा स्थापना गरेको प्रतिष्ठानले जेहेन्दार, गरिव, असहाय एबं दलित छात्र÷छात्रालाई छात्रवृत्ति प्रदान गरेको हो ।
प्रतिष्ठानले स्थापना गरेको १० लाख राशीको अक्षय कोषबाट बार्षिक रुपमा आउने एक लाख व्याज रकमबाट छात्रछात्राको शैक्षिक प्रगतिका लागि छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले प्रदान गरेका हुन् ।
प्रतिष्ठानले स्थापना गरेको कोषबाट आउने व्याजबाट हरेक वर्ष जेहेन्दारतर्फ चार, दलित, असहाय र गरिवतर्फ चार तथा उत्कृष्ट कालिकोटे खड्का छात्रछात्रातर्फ दुई जनालाई छात्रवृत्ति प्रदान गर्दै आइएको प्रधानाध्यपक सुमन खड्काले बताए । छात्रवृत्ति प्रदान कार्यक्रममा गाउँपालिका प्रमुख राईले प्रतिष्ठानको कार्यालय समेत उद्घाटन गरेका छन् ।
बखतबहादुर खड्का स्मृति प्रतिष्ठानको छात्रबृत्ति प्रदान कार्यक्रममा माबि स्तरिय हाजिरीजवाफ प्रतियोगीता सञ्चालन गरिएको छ । प्रतियोगीतामा सरस्वती मावि डाँडाखर्कले प्रथम र दोश्रो तथा सरस्वती मावि कुलागाउँले तेश्रो स्थान प्राप्त गरेको छ ।
कार्यक्रममा सरस्वती मावि डाँडाखर्कका पूर्वप्रअ केशव कार्कीको बिदाईका साथमा बखतबहादुर खड्का स्मृति प्रतिष्ठान र गाउँपालिकालाई सम्मान गरिएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



