अशक्त परिवारलाई जनप्रतिनिधिको सहयोग

सुनिता राई

फागुन १७ शुक्रवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका एक वडाका जनप्रतिनिधिले अशक्त परिवारलाई सहयोग गरेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर २ डाँडागाउका ५ जना प्रतिनिधिले आफ्नै वडाका ५० वर्षीय अर्जुनकुमार तामाङको परिवारलाई बिहिवार दैनिक आवश्कीय सामग्री सहयोग गरेका हुन् ।

 

ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका तामाङको ४ महिनादेखि दुबै हातखुट्टा चल्न छाडेपछि उनैको भरमा रहेका दृष्टिबिहिन दाजु आङ्दोर्जे समेत समस्यामा परेपछि वडाका ५ जना जनप्रतिनिधिले लत्ताकपडा, ६० केजी चामल, ६ केजी चिउरा, तेल ५ पोका, नुन ५ पोका, मसला १ प्याक, साबुन २ वटा र २ जोर जुत्ता गरी ७ हजार ५ सय बराबरको सामाग्री उपलब्ध गराएको वडा अध्यक्ष भीमबहादुर खत्रीले बताए ।

 

उनीहरुको घरमा खानेकुरा केही नभएको र काचो फर्सीका भरमा बाँचीरहेको रहेको जानकारी आएपछि ५ जना वडाका जनप्रतिनिधिबाट पैसा उठाएर खरिद गरिएको सामग्री उनीहरुको घरमै पुगेर सहयोग गरेको वडाध्यक्ष खत्रीले बताए ।

वडाध्यक्ष खत्रीका अनुसार न घरमा खानेकुरा छ, न पकाएर दिने मान्छै नै छन्, उनीहरुको अवस्था अत्यन्त दयनिय लाग्यो त्यहि भएर तत्कालका लागि हामीले व्यक्तिगत उठाएर सहयोग ग¥यौ, हाम्रो यो पहिलो अभियान हो, यस्ता व्यक्तिहरुलाई सकेसम्म अन्य क्षेत्रबाट पनि सहयोग जुटाउन कोसिस गरिरहने अध्यक्षले बताए ।