त्रिधार्मिकस्थल हलेसीमा सेनाको सरसफाई

फागुन १९ आइतवार, २०७५
खोटाङ । नेपाली सेनाले खोटाङको त्रिधार्मिकस्थल हलेसीमा सरसफाई गरेको छ । सेना दिवस एबं शिवरात्रीको अवशर पारेर शेरगण मुढे व्यारेक दिक्तेलले आईतबार बिहान हलेसी मन्दीर परिषर सरसफाई गरेको हो । नेपाली सेनाले हलेसी मन्दिरको परिषर, रिट्ठाबोटे, बसाहागुफा लगायतका क्षेत्रमा सरसफाई गरेको जनाएको छ । शिवरात्रीको पुर्वतयारीमा सेनाले हलेसी मन्दिर परिषर सरसफाई गरेको हो ।

 

हलेसी मन्दिर प्रवेद्धारमा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राई, शेरगणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौली, वडाध्यक्ष चइन्द्र राई र ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले सरसफाई कार्यक्रम सुरु गरेका थिए । सेनाको सरसफाई कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका, नेपाल प्रहरी, सरकारी कार्यालय, स्थानीयबासी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

सेना दिवसको अवरमा सोमबार जिल्ला अस्पताल दिक्तेलका विरामीलाई फलफुल वितरण र बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दोर्पाचिउरीडाँडामा निशुःल्क स्वास्थ्य शिबिर सञ्चालन गरिने शेरगणले जनाएको छ ।