दिक्तेल नगरपालिकाका नौ वडामा डकर्मी तालिम

फागुन १९ आइतवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नौ वडामा ढुंगे डकर्मी तालिम सुरु भएको छ । भूकम्प प्रतिरोधी घर निर्माण गर्ने दक्ष जनशक्ति उत्पादन गर्दै गाउँमै स्वरोजगारको वातावरण सिर्जना गर्ने लक्ष्यकासाथ हेल्भेटास नेपालको आर्थिक सहयोगमा आरआईएमसी प्रालिको साझेदारीमा सीप बिकास कार्यक्रम अन्तरगत ढुंगे डकर्मी तालिम सुरु गरिएको हो ।

५० दिनको ढुंगे डमर्की तालिम एकैसाथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, दोर्पाचिउरीडाँडा, दोर्पाचिउरीडाँडा बुवालुङ, निर्मलीडाँडा, खार्मी, जालपा र बुईपामा सुरु गरिएको आरआईएमसीका फिल्ड को–अर्डिनेटर पर्शुराम ढुंगानाले बताए ।

भूकम्प प्रतिरोधी घर निर्माण गर्ने सीप विकासका लागि आयोजना गरिएको तालिममा प्रतिवडा १० जनालाई सहभागी गराइएको छ । तालिममा भूकम्प प्रभावित स्थानीयलाई प्राथमिकतामा राखेर सहभागी गराइएको छ । नगरपालिकाका १० वटा वडामध्ये बाँकी १ वडामा पनि डकर्मी तालिम सञ्चालनको तयारी भइरहेको फिल्ड को–अर्डिनेटर ढुंगानाले बताए ।