शिवरात्रीको अवशरमा हलेसीमा दर्शनार्थीको घुइँचो
फागुन १९ आइतवार, २०७५
खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । शिवरात्रीको अवसरमा हप्ता दिनभन्दा बढि लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको शिवरात्रीको अघिल्लो दिनबाट दर्शनार्थीको घुईचो लागेको हो ।
मेलामा नेपाल लगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, जापान लगायतका हजारौ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दु, किरात र वौद्ध धर्मालम्बीको त्रिवेणीस्थल मानिने हलेसीमा यस वर्ष दर्शनार्थीको संख्या उल्लेख्य मात्रामा बृद्धि भएको हलेसी तुवाचुङ नगरपालिकाकी उप प्रमुख विमला राईले जानकारी दिइन् ।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीमा पक्की पुल सञ्चालनमा आएपछि हलेसी आउने दर्शनार्थीहरुको संख्यामा वृद्धि भएको छ । सिधा यातायात जोडिएपछि काठमाडौं, धरान, बिराटनगर, जनकपुरधाम, पोखरा लगायतका दर्शनार्थीहरु सिधै गाडी रिजर्भ गरेर आएका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । “दर्शनार्थीको बाक्लो भिड रहेकाले मेलालाई व्यवस्थित पार्न स्वयम्सेवक परिचालन गरिएको छ ।”
मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए । “हलेसीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।”उनले भने, “मेलामा लाग्ने भिडभाडलाई सुरक्षाकर्मीले व्यवस्थित गरिरहेको छ ।”
धार्मिक तथा साँस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ । हलेसीमा महादेवगुफा, धर्मद्धार, पापद्धार, बसाहागुफा, भैरवगुफा, दुंदेलोगुफा लगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकका साथै पूजाआजा गर्न भक्तजन आउने गरेका छन् ।
हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । तराईसँगको सिधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै दशनार्थीको भीड लाग्ने गर्दछ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



