जनजातिको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम सुरु

फागुन २० सोमवार, २०७५
खोटाङ । खोटाङको साकेला गाउँपालिकामा आदिबासी जनजातिको क्षमता अभिबृद्धिका लागि तीन दिने तालिम सुरु भएको छ । आईएलओ १६९ र आदिबासी जनजातीको हक अधिकारका विषयमा सचेतना अभिबृद्धिका लागि नेपाल आदिबासी जनजाती महासंघ साकेला गाउँपालिका कमिटिको आयोजनामा तालिम सुरु भएको हो ।

साकेला गाउँपालिका–४ मात्तिमस्थित गाउँपालिकाको सभा हलमा सोमबार सुरु भएको तालिम नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समितिका सचिव रबिन खम्बूले उद्घाटन गरेका हुन ।

तालिममा गाउँपालिकाभित्रका ३५ जनाको सहभागीता रहेको नेपाल आदिबासी जनजाति महासंघ साकेला गाउँपालिका कमिटिका सचिव सुन्दर लामाले जानकारी दिए ।