दिलकाजी, ठूलकुमार स्मृति प्रतिष्ठानको भवन शिलन्यास

भवनको शिलन्यास गर्दै शहिद दिलकाजीकी आमा जयन्तादेवी कार्की, शहिद ठुलकुमारकी श्रीमती शान्ता श्रेष्ठ तथा प्रदेश सांसद रामकुमार रार्ई ।

 

फागुन २१ मंगलवार, २०७५
खोटाङ । दिलकाजी, ठूलकुमार स्मृति प्रतिष्ठानको भवन शिलन्यास गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैरामा निर्माण गर्न लागिएको भवनको शिलान्यास शहिद दिलकाजीकी आमा जयन्तादेवी कार्की, शहिद ठूलकुमारकी श्रीमती शान्ता श्रेष्ठ र प्रदेश सांसद रामकुमार रार्ईले संयुक्त गरेका हुन ।

प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएपछि निर्माण गर्न लागिएको भवनकोे मंगलबार शिलन्यास गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेश राईले वताए । साविकको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय रहेको स्थानमा प्रतिष्ठानको नाममा रहेको ६ आना जग्गामा भवन बन्ने प्रतिष्ठानले जनाएको छ ।

तत्कालीन नेकपा माओवादीका क्षेत्रीय ब्युरो सदस्य शहिद दिलकाजी र उनकी धर्मपत्नी इन्दिरा कार्कीलाई २०५९ असार ३१ गते सिमपानीबाट नेपाली सेनाले गिरफ्तार गरी एकैदिन टुवाखोलामा र जिल्ला सदस्य ठुलकुमार श्रेष्ठलाई पार्टीको कामको शिलसिलामा २०५५ पुस २७ गते उदयपुरको तावाश्रीमा राज्यतर्फबाट गोली हानी हत्या गरिएको थियो । प्रतिष्ठानले शहिद सप्ताह समापन समारोहको कार्यक्रमको अवसरमा भवन शिलन्यास गरेको हो ।