प्रधानमन्त्रीले विप्लवलाई भने, ‘कम्युनिस्ट पार्टीको नाम बन्द गर, लुटेरा समूह राखे हुन्छ’
फागुन २४ शुक्रवार, २०७५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अशान्तिको बाटो त्याग्न नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आग्रह गरेका छन्।
राजनीतिक सहमति घोषणा कार्यक्रममा ओलीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो भन्दै सरकारले गरेर छाड्ने चेतावनी दिए। ‘यो बाटो छोड्नुस। नत्र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो। सरकारले गर्छ’, उनले भने।
कम्युनिस्टको नाममा लुट्ने, मान्छे मार्ने र बन्दुक पड्काउने काम भइरहेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिस्ट पार्टीको नाम बन्द गर। लुटेरा समूह (विप्लव) राखे हुन्छ। प्रकाण्ड लुटेरा समूह राखे हुन्छ।’ नागरिक अनलाइनबाट
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



