हेलीकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको सम्झना
फागुन २४ शुक्रवार, २०७५
खोटाङ । खोटाङका नेकपा नेता तथा कार्यकर्ताले हेलीकोप्टर दुर्घट्नामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीलाई सम्झिएका छन् । नेकपा (पूर्व एमाले)को पार्टी कार्यालयमा बिहिबार श्रद्धाञ्जली सभा गरेर नेकपाले ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको सम्झना गरेका हुन् ।
कार्यक्रमका अधिकांश वक्ताले मन्त्री अधिकारीको व्यक्तित्व, क्षमता र योगदानको विषयमा चर्चा गरेका छन् । नेकपाले मन्त्री अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा गरेको हो ।
श्रद्धाञ्जलीसभामा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले रविन्द्र अधिकारीलाई जस्तोसुकै जिम्मेवारीलाई कुशलतापूर्वक निभाउन सक्ने क्षमता भएको नेताका रुपमा सम्झना गरे । ‘रबिन्द्र अधिकारीलाई म राम्ररी चिन्छु, अखिलमासँगै काम गरेका थियौँ,’ प्रतिनिधि सभा सदस्य भट्टराईले भने, ‘पार्टी फुट्दा हामी अलग भएका थियौँ, योगेस भट्टराई र उहाँले मलाई आफ्नो टिममा लैजान जोड पनि गर्नुभएको थियो ।
उहाँको निधनले प्रधानमन्त्री हुने क्षमता भएका नेता गुमाएका छौँ ।’ प्रतिनिधि सभा सदस्य भट्टराईले वाईडबडी बिमान खरिदमा अधिकारीको संलग्नता नरहेको दाबी गरे । ‘वाईडवडी काण्डमा उहाँ निर्दोष हुनुहुन्छ,’ भट्टराईले भने, ‘भुक्तानी दिनेबेला अख्तियार वा महालेखा परिक्षकलाई सोधेका भए अथवा अहिले विवादित भएकादे भुक्तानी दिन सकिन्न भनेर होल्ड गरेको भए उहाँको नाम मुछिने थिएन ।’
यस्तै, पूर्वसभाषद दुर्गाजयन्ती राईले देश र जनताको उत्थानमा चिन्तित रहने नेताकारुपमा रबिन्द्रलाई चित्रण गरेकी छन् । ‘उहाँसँग संविधान बनाउनेक्रममा सँगै काम गरेका थियौँ,’ राईले भनिन्, ‘उहाँ सँधै देश र जनताप्रति उत्तरदायी हुनुहुन्थ्यो । देश र जनताको उत्थानमा चिन्तित देखिनुहुन्थ्यो ।’
कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य ध्रुव बुढाथोकी, कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य लगायतले रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको योगदानको विषयमा चर्चा गरेका छन् । कार्यक्रम नेकपाका नेता बबी चामलीङको सभापतित्वमा भएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



