संघीय समाजवादी फोरमको पालिका अधिबेसन सुरु

फागुन २४ शुक्रवार, २०७५
खोटाङ । संघीय समाजवादी फोरम खोटाङले गाउँ तथा नगर अधिबसन सुरु गरेको छ । आगामी चैत्र ३ गते हुने जिल्ला समन्वय समिति गठन, चैत्र २० गतेभित्र हुने प्रदेश कमिटि तथा वैशाख २७ देखि २९ गतेसम्म हुने महाधिबेसनको तयारी स्वरुप संघीय समाजवादी फोरमले बराहपोखरी गाउँपालिकादेखि पालिका स्तरिय अधिवेसन सुरु गरेको हो ।

संघीय समाजवादी फोरम बराहपोखरी गाउँपालिकाको विहिबार भएको प्रथम अधिबेसनले मधुकर राईको अध्यक्षतामा १७ सदस्यीय संघीय समाजवादी फोरमको पालिका समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मेघराज बञ्जरा, सचिवमा दिनेश राई, सह–सचिवमा पूर्ण मगर र कोषाध्यक्षमा विमला राई चयन भएका छन् ।

 

संघीय समाजवादी फोरमका प्रदेश सदस्य एबं खोटाङ २ नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज धनकुमार राईको प्रमुख आतिथ्यतामा भएको अधिबेसनले जानुका राईलाई प्रदेश प्रतिनिधि तथा मधुकर राई, मेघराज बञ्जरा, जानुका राई, दिनेश राई र दलबहादुर मगरलाई जिल्ला समन्वय समिति प्रतिनिधि चयन गरेको छ ।

यस्तै, वराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा अम्बरबहादुर मगरको अध्यक्षतामा ११ सदस्यीय, बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा हरि तामाङको अध्यक्षतामा ११ सदस्यीय, बराहपोखरी गाउँपालिका–३ साउनेचौंरमा विनोद तामाङको अध्यक्षतामा ९ सदस्यीय र बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा कविता राईको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको संघीय समाजवादी फोरमले जनाएको छ ।