जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै राष्ट्रव्यापी साईकल यात्रामा श्रेष्ठ
फागुन २७ सोमवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कर्ण श्रेष्ठले राष्ट्रव्यापी साईकल यात्रा सुरु गरेका छन् । जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धमा सघाउँ पु¥याउने लक्ष्यका साथ श्रेष्ठले सोमवारदेखि राष्ट्रव्यापी साईकल यात्रा सुरु गरेका हुन् ।
प्रचुर सम्भावना बोकेको भएपनि ओझेलमा रहेका त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, रुपाकोट, टेम्के, तुवाचुङ, मझुवागढी, भुलभुले, मैयूँ लगायतका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसारमा श्रेष्ठले जिल्ला समन्वय समितिको प्रांगणबाट साईकल यात्रा प्रारम्भ गरेका छन् ।
साईकल यात्री श्रेष्ठलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, जिल्ला समन्वय समितिका सदस्य चर्च विश्वकर्मा, नेकपा नेता राम दंगाल, दिपक पाण्डे, नयाँ शक्ति खोटाङका इन्चार्ज सूर्य राई लगायतले यात्राको सफलताको कामना गर्दै विदाई गरेका छन् ।
साईकल यात्री श्रेष्ठलाई जिल्ला समन्वय समितिका प्रमुख चामलीङ र नगरप्रमुख रिजालले खादा र अबिर लगाइदिएर राष्ट्रिय झण्डा हस्तान्तरण गरेका छन् । सुरुमा खोटाङकै दश स्थानीय तहको भ्रमण पूरा गरेपछि अन्य जिल्लाको साईकल यात्रा सुरु गर्ने श्रेष्ठले बताए । आफ्नो देशव्यापी भ्रमण भ्रष्टाचार बिरुद्ध समेत हुने श्रेष्ठले जनाए ।
जन्तेढुंगा, धिप्लुङ झरना, इन्द्रेणीपोखरी, सोलढुंगा, भगवती मन्दिर, महुरेगढी, केपीलासगढी, सिंहदेवि, लौरेडाँडा, चिलिमढुंगा, बाहनेपोखरी, सिद्धेश्वर महादेबस्थान लगायतका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसारका लागि श्रेष्ठले ७७ वटै जिल्लामा साईकल यात्रा थालेका हुन् । ‘खाली यात्रा मात्र मेरो उद्देश्य होईन,’ श्रेष्ठले भने, ‘यहाँको पर्यटकीयस्थलको प्रचार–प्रसार मूख्य लक्ष्य हो ।’ उनलाई आमा नरछिमी श्रेष्ठ, श्रीमती देविका श्रेष्ठ र दुई छोराले समेत यात्राको सफलताको कामना गरेका छन् ।
यात्रा सुरु गर्नुअघि जिससको सभा हलमा भएको साईकल यात्रा उद्घाटन कार्यक्रममा यात्री श्रेष्ठले प्रकाशन गरेको ‘खोटाङको प्राकृतिक सम्पदा’ नामक पुस्तक विमोचन गरिएको छ । खोटाङका ३० वटा धार्मिक तथा पर्यटकीयस्थलको विषयमा वर्णन गरिएको विक्री गर्दै यात्राका लागि खर्च जुटाउने वताए ।
‘जिल्लामा प्रचुर सम्भावना भएपछि आझेलमा परेका धार्मिक तथा पर्यटकीयस्थलहरु छन्, तिनको प्रचार–प्रसार गर्न सके पर्यटक प्रवद्र्धन गर्न सकिन्छ,’ श्रेष्ठले भने, ‘यही उद्देश्य पूरा गर्नका लागि साईकल यात्रालाई माध्यम वनाउने सोँच अघि सारेको हुँ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



