सालघारी सामुदायिक वनमा डढेलो
फागुन २९ बुधवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सालघारी सामुदायिक वनमा डढेलो सुरु भएको छ । सामुदायिक वनमा बुधबार दिउँसोदेखि भिषण डढेलो सुरु भएको हो ।
हावा हुरी चलेको समयमा वनमा डढेलो सुरु भएकाले नियन्त्रणमा लिन कठिन भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले बताए ।
वनमा लागेको डढेलो नियन्त्रणमा लागि प्रहरीचौकी जालपाबाट प्रहरी समेत खटिएका छन् । डढेलोले सामुदायीक वन सखाप भएपनि बस्ती जोखिममा नरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए । वनमा डढेलो लाग्नुको कारण खुल्न सकेको छैन ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



