तीन पालिकामा संघीयको नयाँ कमिटि

फागुन २९ बुधवार, २०७५
खोटाङ । खोटाङको तीन स्थानीय तहमा संघीय समाजवादी फोरमको पालिका कमिटि गठन गरिएको छ । खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र केपीलासगढी गाउँपालिकामा अधिबेसनमार्फत संघीयको पालिका कमिटि गठन गरिएको हो ।

खोटेहाङ गाउँपालिकामा रामबावु राईको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटि गठन गरिएको छ । कमिटिको सचिवमा कृष्णकुमार राई चयन भएका छन् । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पृथीकुमार राईको अध्यक्षतामा १५ सदस्यीय पालिका कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा हर्कराज तामाङ, सचिवमा अरुण राई, सह–सचिवमा किशोरचन्द्र राई र कोषाध्यक्षमा यनकुमारी तामाङ चयन भएका छन् । अधिबेसनले पृथीकुमार राईलाई प्रदेश प्रतिनिधि चयन गरेको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोराम्बुमा नविन राईको अध्यक्षतामा १३ सदस्यीय वडा समिति, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा अदिमसेर राईको अध्यक्षतामा १५ सदस्यीय, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा सन्तोषकुमार तामाङको अध्यक्षतामा ११ सदस्यीय र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरीमा पविन राईको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको संघीय समाजबादी फोरमले जनाएको छ ।

संघीय समाजबादी फोरमका प्रदेश सदस्य एबं खोटाङ २ नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज धनकुमार राई, किरात प्रदेश समिति सदस्य एबं खोटाङ उपाध्यक्ष टंकबहादुर थापा, समाजवादी युवा फोरमका रामबाबु राईको उपस्थितिमा खोटेहाङ र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अधिबेसन सम्पन्न भएको हो ।

यस्तै, केपीलासगढीमा गुरुराज राईको अध्यक्षतामा संघीय समाजबादी फोरमको २१ सदस्यीय पालिका समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सावित्री राई, सचिवमा नारायण बस्नेत, सह–सचिवमा देवान राई र कोषाध्यक्षमा शान्तीकला राई चयन भएका छन् । संघीय समाजबादी फोरमका केन्द्रिय सदस्य तथा किरात प्रदेश अध्यक्ष जुद्द ढाक्क्रेको प्रमुख आतिथ्यतामा केपीलासगढी पालिका अधिबेसन सम्पन्न भएको हो ।