संघीयका दुई विद्यार्थी नेता कांग्रेसमा प्रवेश

फागुन २९ बुधवार, २०७५
खोटाङ । संघीय समाजवादी फोरम नेपालका दुईजना विद्यार्थी नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन अग्रगामी विद्यार्थी युनियन खोटाङकी संस्थापक कोषाध्यक्ष एवंम् समाजवादी विद्यार्थी फोरम खोटाङ–काठमाण्डौ सम्पर्क मञ्चकी अध्यक्ष गोमा राई र समाजवादी विद्याथी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी नगर संयोजक भूमिका राई कांग्रेसमा प्रवेश गरेकी हुन् ।

पार्टी प्रवेश गरेकी दुइजना विद्यार्थी नेतालाई नेपाली कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्यद्वय प्रकाशकुमार श्रेष्ठ, दिनेश घिमिरे, तरुण दल जिल्ला अध्यक्ष भिषण राई, उपाध्यक्ष सञ्जय कुमार राई, नेविसंघका जिल्ला अध्यक्ष राजकुमार वस्नेत लगायतका नेताहरुले अविर लगाई पार्टीको झण्डा ओढाएर कांग्रेसमा प्रवेश गराएका हुन ।

उनीहरुले नेपाली कांग्रेसको आस्था र विचारप्रति आफू सहमत भएको भन्दै बुधबार साँझ आफ्नो पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत जानकारी गराउदै  कांग्रेसमा प्रवेश गरेका हुन् ।