४ सय ३७ मा दुई माझी जनप्रतिनिधि
चैत्र ३ आइतवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी आफ्नो समुदाय र टोलको अगुवा हुन् । समुदाय र समाजको विकास र उत्थानको चिन्ता अरुमाभन्दा कम छैन उनमा । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कार्यपालिका सदस्यमा मनोनित भएपछि माझीको काँधमा थप जिम्मेवार थपिएको छ । ‘पहिला पिछडिएको आफ्नै समुदायको उत्थानमा हातेमालो गरिरहेको थिएँ,’ माझीले भने, ‘कार्यपालिका सदस्य भएपछि जिम्मेवार अझ फराकिलो भएको छ ।’
ज्ञानबहादुर स्थानीय पञ्चकौशिका आधारभुत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पनि हुन् । उनलाई गाउँपालिका प्रमुख भूपेन्द्र राईले अल्पसंख्याक समुदायकातर्फबाट कार्यपालिका सदस्यमा मनोनित गरेका हुन् ।
कक्षा ८ उत्तिर्ण गरेसँगै पढाई छाड्ने माझी विद्यार्थीलाई लक्ष्यीत गरेर पञ्चकौशिका आधारभुत विद्यालयलाई मावि बनाउने ज्ञानबहादुर लगायतको अभियान यसपल्ट गाउँपालिकाले पूरा गरिदिएको छ । आगामी शैक्षित्र–सत्रदेखि पठन–पाठन गर्नेगरी गाउँपालिकाले पञ्चकौशिका आधारभुत विद्यालयलाई माबि बनाउने निर्णय गरिसकेको छ ।
यस्तै, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवाका सोमबहादुर माझी वडासदस्यको भूमिकामा छन् । उनी कांग्रेसकातर्फबाट वडा सदस्यमा बिजयी भएका हुन् । उनले वडामै सवैभन्दा पपुलर ५१४ मत ल्याएर विजयी भएको बताए । वडासदस्य निर्वाचित भएपछि सोमबहादुरको दिनचर्या पनि बदलिएको छ । हाल उनको अधिकांश समय वडाको योजना निर्माण, कार्यान्वयन लगायतमै बित्ने गरेको छ ।
खोटाङको दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका ४३७ जनप्रतिनिधिमध्ये माझी समुदायबाट ज्ञानबहादुर र सोमबहादुर स्थानीयतहमा अवशर पाउने व्यक्ती हुन् । अल्पसंख्यक माझी समुदायले ज्ञानबहादुर र सोमबहादुरलाई नै स्थानीय तहमा आफ्नो प्रतिनिधित्व ठानेका छन् । जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाट लगायतका सुनकोसी र दुधकोसी किनारमा डुंगा चलाउने र माछा मार्ने पुर्खौली पेशा भएका माझी समुदायले राज्यबाट अवशर नपाएको गुनासो गरेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



