संघीय समाजवादी फोरमको नगर अध्यक्षमा निर्मल
चैत्र ३ आइतवार, २०७५
खोटाङ । खोटाङमा संघीय समाजवादी फोरमको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर समितिको अध्यक्षमा निर्मल राई चयन भएका छन् । शनिवार सम्पन्न प्रथम अधिबेसनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् ।
२५ सदस्यीय समितिको उपाध्यक्षमा प्रतिमा तामाङ, सचिवमा मुगाधन राई, सह–सचिवमा रविन्द्र वजिमय र कोषाध्यक्षमा अञ्जना राई चयन भएको संघीय समाजवादी फोरमले जनाएको छ । नगर समितिमा निर्वाचित अध्यक्ष निर्मल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष र सचिवमा निर्वाचित मुगाधन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष हुन् ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एबं १ नम्बर प्रदेशका अध्यक्ष भूपेन्द्र नेम्वाङ, केन्द्रीय सदस्य लिला निरौला, सनबहादुर राई, देबराज राई, डा. केके राई लगायतको उपस्थितिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर समितिको प्रथम अधिबेसन सम्पन्न भएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



