संघीय समाजवादी फोरमको जिल्ला समन्वय समिति अध्यक्षमा : थापा

चैत्र ३ आइतवार, २०७५
खोटाङ । अशोक राईको गृह–जिल्ला खोटाङमा संघीय समाजवादी फोरमको जिल्ला समन्वय समिति गठन गरिएको छ । आईतबार साँझ सम्पन्न भेलाले टंकबहादुर थापाको अध्यक्षतामा ३९ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

जिल्लाका वडा तथा पालिका कमिटिका प्रतिनिधि सम्मिलित भेलाले यसअघि संघीय समाजवादी फोरमको जिल्ला उपाध्यक्ष रहेका थापालाई समन्वय समितिको अध्यक्ष चुनेको हो ।

समन्वय समितिको उपाध्यक्षमा पिके खम्बू, सचिवमा देवकुमार राई, सह–सचिवमा टिकाराम राई र कोषाध्यक्षमा सावित्रा राई चयन भएको संघीय समाजवादी फोरमले जनाएको छ ।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एबं १ नम्बर प्रदेशका अध्यक्ष भूपेन्द्र नेम्वाङ, केन्द्रीय सदस्य लिला निरौला, सनबहादुर राई, देबराज राई, डा. केके राई लगायतको उपस्थितिमा जिल्ला समन्वय समिति गठन भएको हो ।