सेना परिचालनको अधिकार प्रधानमन्त्रीमा नल्याउन कांग्रेसको चेतावनी

चैत्र ३ आइतवार, २०७५

काठमाडौं । नेपाली कांग्रेसले सरकारले सेना परिचान प्रधानमन्त्रीले गर्न पाउने विधेयक ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ। प्रधानमन्त्रीले सेना परिचालन गर्ने संवैधानिक विधेयक सरकारले अघि सारेको भन्दै कांग्रेसले लोकतन्त्रिक पद्धतिको विरुद्ध अघि नबढ्न चेतावनी दिएको हो।

कांग्रेसले एक विज्ञप्ति जारी गर्दै विधेयक परिमार्जन नगरी मौजुदा स्थिति सरकारले पारित गर्न खोजेको भन्दै कांग्रेसले गम्भीर असहमति जनाएको हो।

राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले परिषद्लाई संविधानले प्रत्याभूत गरेको अधिकार हनन् गरी प्रधानमन्त्रीले छाया बनाउने प्रस्ताव गलत र गम्भीर भएको कांग्रेसको निष्कर्ष छ। उक्त विद्येयक लोकतान्त्रिक मान्यता भन्दाविपरित रहेको कांग्रेसले जनाएको छ।