दिक्तेलका विभिन्न स्थानमा रोपाई जात्रा प्रदर्शन
खोटाङ टुडे १२ भदौ
खोटाङको दिक्तेलका विभिन्न स्थानमा रोपाई जात्रा प्रदर्शन गरिएको छ । गाईजात्रा अन्तरगत मंगलबार दिक्तेलको सरस्वती आधारभूत विद्यालय पोखरी, रत्नपार्क, पुरानो बैंकचोक, भवनगैरा, भानुचोकलगायतका स्थानमा रोपाईजात्रा प्रदर्शन गरिएको हो ।
असारे गीतको तालमा हलो जोत्ने, बाउसे गर्ने, धानको बीउ रोप्ने लगायतका रोपाईको झल्को दिने गरी रोपाई जात्रा मनाइएको हो । रोपाई जात्राले खेती गर्ने विधिका बिषयमा जानकारी दिनुकासाथै किसानलाई कृषि पेशातर्फ प्रेरित गर्ने दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष राजन सैंजुले बताए ।
रोपाई जात्रासँगै लाखे नाच पनि नाच्ने गरिन्छ । रोपाई जात्रापछि असार गीत गाउँदै रमाईलो गर्दै बजार परिक्रमा गरिएको छ । खुला ठाउँमा सबैले रमिता हेर्ने भएकाले खुला स्थान छानेर रोपाई जात्रा प्रदर्शन गरिएको दिक्तेल बजार सामाजिक गुठीले जनाएको छ ।
रोपाई जात्रामा हास्याव्यांग्य समेत प्रस्तुत गर्ने प्रचलन छ । ‘रोपाई जात्राको पराम्परागत मूल्य र मान्यता त छँदैछ,’ सैंजुले भने, ‘रोपाई यसरी गरिन्छ भनेर जानकारी दिँदै कृषिलाई जीवन्त दिन पनि यसको उत्तिकै महत्व छ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



