वडा कार्यालयमा लागेको ताला चार दिनपछि खुल्यो
खोटाङ टुडे भदौ १३,
खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुर वडा कार्यालयमा लागेको ताला चार दिनपछि खुलेको छ । वडाको योजनामा आर्थिक अनियमितता भएको भन्दै राईसिंगे लगायतका असन्तुष्ट स्थानीयले गत शनिबार लगाएको ताला मंगलबार खुलेको हो ।
स्थानीय जोडी महादेबस्थान मन्दिर घेराबारा गरिएको काम लगायत वडाको सबै योजनाको विषयमा पुःन सार्वजनिक सुनुवाई गर्ने, पुराना तथा नयाँ योजनाको बारेमा स्थानीयलाई जानकारी गराउने, गिद्धेदेखि जालपा पुछार कालोढाँडसम्मको सडक निर्माण उपभोक्ता समितिमा सदस्य थप गर्ने लगायतका सहमतीपछि वडाको ताला खुलेको हो ।
जोडी महादेबस्थान मन्दीर घेराबाराका लागि आर्थिक वर्ष २०७४/०७५ मा ४ लाख ५० हजार विनियोजन गरिएको भए पनि उपभोक्ता समितिले ३ लाख ५० हजारमा ठेक्का लगाएर फाईदाका लागि गुणस्तरहिन काम गरेको, जानकारी नदिइ सडक निर्माण उपभोक्ता समिति गठन गरेको लगायतका विषयमा असन्तुष्ट जनाउँदै पर्शुराम राईको नेतृत्वको समुहले वडा कार्यालयमा ताला लगाएको थियो ।
गाउँपालिकाका प्रमुख लिलानाथ निरौला, उपप्रमुख समला राई, प्रमुख प्रशासकीय अधिकृत प्रज्वल घिमिरे, वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ, निर्माण उपभोक्ता समितिका पदाधिकारी र असन्तुष्टपक्षबीचमा भएको छलफलपछि ताला खुलाउने सहमती बनेको हो ।
छलफलमा जोडी महादेबस्थान मन्दिरको काममा आर्थिक अनियमितता नभएको स्पष्ट पारिएको वडाध्यक्ष श्रेष्ठले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



