पुष्प व्यवसायमा रम्दै महिला
खोटाङ टुडे भदौ १३,
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान डाँडागुठकी यामसरी राई केही महिना यता पुष्पखेतीमा रमिरहेकी छन् । त्रिधार्मिकस्थल हलेसी मन्दीरमा आउने आन्तरिक तथा बाह्य दर्शनार्थीले मन्दिरमा चढाउनेक्रममा खपत हुने फूललाई ध्यानमा राखेर गत बैशाख तेश्रो साताबाट पुष्प खेती सुरु गरेकी यामसरीले हालसम्म १४ हजार ५ सय आम्दानी गरिसकेकी छन् । छोटो समयमै विभिन्न प्रजातिका फूलको बेर्ना उत्पादन गरेर बिक्री गरेवापत १० हजार ५ सय र सयपत्रीको फूल बिक्रीबाट ४ हजार आम्दानी भएपछि पुष्पखेतीबाट उत्साह मिलेको यामसरीले बताईन् ।
१२ मिटर जग्गामा कति मकै फल्छ, कोदो कति नै फल्छ र,’ यामसरीले भनिन्, तर त्यति जग्गामा नसोचेको फाईदा मिलेको छ । फूल खेतीबाट धेरै राम्रो आम्दानी भएको छ ।’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठकी तारा राईले पनि फूलका बेर्ना उत्पादन एबं फूल विक्रीबाट राम्रो आम्दानी गरिरहेकी छन् ।
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा दैनिक स्वदेसी तथा विदेशी दर्शनार्थीको भीड लाग्छ ।उनीहरुले भेटीसँगै मन्दीरमा फूल चढाउने गरेका छन् । तर, दैनिक दर्शनार्थीको भीड लाग्ने हलेसीमा चढाउने फूलको अभाव छ । यही कारण पुष्प व्यवसायको राम्रो सम्भावना देखिएपछि महिलाको उद्यमशिलताको विकासका लागि महिला लक्षित कार्यक्रम अन्तरगत हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान डाँडागुठ र गैरीगुठका महिलाले पुष्पखेती सुरु गरेका हुन् ।
हलेसी आसपासमा फूल उत्पादन नहुँदा अधिकांश दर्शनार्थी भारतबाट ल्याइएका फूल चढाउन बाध्य बनिरहेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिकाले काठ्माण्डौंबाट पहेँलो र रातो रंगको सयपत्री, गुलाफ लगायतका फूलका बिरुवा र बीउ खरिद गरेर ल्याएर स्थानीय महिलालाई बाँडेको थियो । हाल डाँडागुठका १३ महिला र गैरीगुठका १० महिलाले पुष्पखेती लगाएका छन् । हलेसीमा दर्शन गर्न आउने दर्शनार्थीले मन्दिरमा चढाउनका लागि फूल किन्ने भएकाले पुष्प व्यवसायको सम्भावना राम्रो देखिएको यामसरी बताउँछिन् ।
‘हलेसीमा दैनिक फूलको खपत हुन्छ, तर सबै फूल भारतबाट आउँछ,’ उपप्रमुख राईले भनिन्, ‘हलेसीमा चढाइने फूल हलेसीमै उत्पादन गर्न सकियो भने महिलालाई स्वरोजगार बनाउन सकिन्छ भनेर हामीले महिलालाई फूलका बेर्ना र बीउ प्रदान गरेका थियौँ । यसबाट दिदीबहिनीले राम्रो आम्दानी लिन थाल्नु भएको छ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



